नेपाली काँग्रेसले रोल्पाको त्रिवेणी गाउँपालिकामा बेवारिसे अवस्थामा रहेको बम बिस्फोटमा परी चार अबोध बालबालिकाको मृत्यु भएको घटनाको अनुसन्धान गर्न सरकारसँग माग गरेको छ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत उक्त घटनाले आफ्नो पार्टीसँगै सिङ्गो देश मर्माहत भएको उल्लेख गर्दै त्यस्ता बेवारिसे अवस्थाका बमलाई खोज अनुसन्धान गरेर निष्क्रिय पारी नागरिक जीवनलाई सुरक्षित गर्ने कर्तव्यमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन्।
“द्वन्द्वको दशकले छाडेका चोटहरु खाटा बस्न एकातर्फ अझै बाँकी छ, तर अर्कातर्फ यस्तो घटना हुनु अत्यन्तै दुःखद र गम्भीर छ। यसले हिंसाबाट समाधान खोज्न चाहने सबैलाई हृदयदेखि गम्भीर र आत्मालोचित बनाउने अपेक्षा छ”, उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।
रोल्पाको त्रिवेणी गाउँपालिकामा बिहीबार बम बिस्फोटमा परी ११ वर्षीया विमला खत्री, पाँच वर्षीय विजय खत्री, १३ वर्षीय गौरव नेपाली र १४ वर्षीय नोखीराम डाँगीको मृत्यु भएको थियो । काँग्रेसले बिस्फोटमा जीवन गुमाउने बालबालिकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै यो कारुणिक पीडाको घडीमा सम्बन्धित परिवारजनमा समवेदना व्यक्त गरेको छ।
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ
काठमाडौँ, वैशाख १७ । सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न
क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व
काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित