मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) को पूर्वसन्ध्यामा श्रमिक अधिकार संरक्षण, प्रविधिमैत्री रूपान्तरण र ‘सीप क्रान्ति’लाई केन्द्रमा राख्दै घोषणापत्र सार्वजनिक गरेको छ।

“कामको अधिकार, श्रमको सम्मान, सीपको अभिवृद्धि; प्रविधिसँग प्रगति, श्रमिकसँग समृद्धि !” भन्ने मूल नारासहित सार्वजनिक घोषणापत्रमा जिफन्टले देशभित्र र प्रवासमा विविध कार्यक्रममार्फत मे दिवस मनाउने जनाएको छ।

घोषणापत्रमा सरकारले प्रचार गरेको ट्रेड युनिय खरेजीप्रति  आलोचनात्मक टिप्पणी गर्दै संविधानप्रदत्त श्रमिक अधिकार र International Labour Organization अभिसन्धि ८७, ९८ अनुरूपको ट्रेड युनियन स्वतन्त्रता संकुचित गर्ने प्रयास नगर्न चेतावनी दिइएको छ। ‘हाम्रो संघर्ष उपलब्धिको रक्षा र विस्तारका लागि हो,’ दस्तावेजमा उल्लेख छ।

जिफन्टले विश्व अर्थतन्त्रमा आएको परिवर्तन, आर्टिफिसियल इन्टेलिजेन्स, स्वचालन र गिग अर्थतन्त्रका प्रभावलाई ध्यानमा राख्दै श्रमिक आन्दोलनलाई नयाँ दिशामा लैजानुपर्ने आवश्यकता औंल्याएको छ। यस सन्दर्भमा ‘सीप क्रान्ति’मार्फत श्रमिकलाई भविष्यका कामका लागि तयार पार्ने रणनीति अघि सारिएको छ।

घोषणापत्रमा जीवनयापन लागतसँग जोडिएको पारिश्रमिक निर्धारण, सबै प्रकृतिका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने, पारिश्रमिकसहित तालिम तथा इन्टर्नशिप लागू गर्ने, महिला श्रमिकका लागि समान पारिश्रमिक र सुरक्षित कार्यस्थल सुनिश्चित गर्ने जस्ता नीतिगत प्रस्ताव समेटिएका छन्।

यसैगरी, अनौपचारिक तथा गिग क्षेत्रमा कार्यरत श्रमिकलाई संगठित गर्ने, आप्रवासी श्रमिक र उनीहरूको परिवारको संरक्षण गर्ने, रिमोट वर्कका लागि कानुनी मापदण्ड निर्माण गर्ने तथा श्रमिक सहकारीमार्फत उद्यमशीलता प्रवर्द्धन गर्ने विषयलाई पनि प्राथमिकतामा राखेको छ।

संगठनात्मक रूपमा जिफन्टले डिजिटल सदस्यता प्रणाली, युवा नेतृत्व विकास, महिला प्रतिनिधित्व वृद्धि, अनुसन्धान तथा कानुनी सहायता प्रणाली सुदृढ गर्ने योजना सार्वजनिक गरेको छ।

सरकारसँग न्यूनतम तलब कार्यान्वयन, गिग श्रमिकसम्बन्धी कानुन निर्माण, श्रम अदालत सुदृढीकरण, सीप विकास कोष स्थापना, तथा International Labour Organization का विभिन्न अभिसन्धिहरू शीघ्र अनुमोदन गर्न माग गरिएको छ।

जिफन्टले उद्योगी व्यवसायीसँग ‘संवाद, सहकार्य र सहअस्तित्व’को आधारमा सामाजिक सम्झौता गर्दै उत्पादकत्व वृद्धि र रोजगारी विस्तारमा जोड दिने जनाएकोछ।

यसै सन्दर्भमा जिफन्टले अप्रिल २८ अर्थात अन्तर्राष्ट्रिय श्रमिक स्मृति दिवसको स्स्मरण गर्दै  सो अवसरमा सन्सारभरका श्रमिक र जिम्मेवार पक्षलाई  “Safety First” लाई प्राथमिकतामा राख्दै आफ्नो भुमिका समेत निर्वाह गर्न अनुरोध  गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा