मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) को पूर्वसन्ध्यामा श्रमिक अधिकार संरक्षण, प्रविधिमैत्री रूपान्तरण र ‘सीप क्रान्ति’लाई केन्द्रमा राख्दै घोषणापत्र सार्वजनिक गरेको छ।

“कामको अधिकार, श्रमको सम्मान, सीपको अभिवृद्धि; प्रविधिसँग प्रगति, श्रमिकसँग समृद्धि !” भन्ने मूल नारासहित सार्वजनिक घोषणापत्रमा जिफन्टले देशभित्र र प्रवासमा विविध कार्यक्रममार्फत मे दिवस मनाउने जनाएको छ।

घोषणापत्रमा सरकारले प्रचार गरेको ट्रेड युनिय खरेजीप्रति  आलोचनात्मक टिप्पणी गर्दै संविधानप्रदत्त श्रमिक अधिकार र International Labour Organization अभिसन्धि ८७, ९८ अनुरूपको ट्रेड युनियन स्वतन्त्रता संकुचित गर्ने प्रयास नगर्न चेतावनी दिइएको छ। ‘हाम्रो संघर्ष उपलब्धिको रक्षा र विस्तारका लागि हो,’ दस्तावेजमा उल्लेख छ।

जिफन्टले विश्व अर्थतन्त्रमा आएको परिवर्तन, आर्टिफिसियल इन्टेलिजेन्स, स्वचालन र गिग अर्थतन्त्रका प्रभावलाई ध्यानमा राख्दै श्रमिक आन्दोलनलाई नयाँ दिशामा लैजानुपर्ने आवश्यकता औंल्याएको छ। यस सन्दर्भमा ‘सीप क्रान्ति’मार्फत श्रमिकलाई भविष्यका कामका लागि तयार पार्ने रणनीति अघि सारिएको छ।

घोषणापत्रमा जीवनयापन लागतसँग जोडिएको पारिश्रमिक निर्धारण, सबै प्रकृतिका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने, पारिश्रमिकसहित तालिम तथा इन्टर्नशिप लागू गर्ने, महिला श्रमिकका लागि समान पारिश्रमिक र सुरक्षित कार्यस्थल सुनिश्चित गर्ने जस्ता नीतिगत प्रस्ताव समेटिएका छन्।

यसैगरी, अनौपचारिक तथा गिग क्षेत्रमा कार्यरत श्रमिकलाई संगठित गर्ने, आप्रवासी श्रमिक र उनीहरूको परिवारको संरक्षण गर्ने, रिमोट वर्कका लागि कानुनी मापदण्ड निर्माण गर्ने तथा श्रमिक सहकारीमार्फत उद्यमशीलता प्रवर्द्धन गर्ने विषयलाई पनि प्राथमिकतामा राखेको छ।

संगठनात्मक रूपमा जिफन्टले डिजिटल सदस्यता प्रणाली, युवा नेतृत्व विकास, महिला प्रतिनिधित्व वृद्धि, अनुसन्धान तथा कानुनी सहायता प्रणाली सुदृढ गर्ने योजना सार्वजनिक गरेको छ।

सरकारसँग न्यूनतम तलब कार्यान्वयन, गिग श्रमिकसम्बन्धी कानुन निर्माण, श्रम अदालत सुदृढीकरण, सीप विकास कोष स्थापना, तथा International Labour Organization का विभिन्न अभिसन्धिहरू शीघ्र अनुमोदन गर्न माग गरिएको छ।

जिफन्टले उद्योगी व्यवसायीसँग ‘संवाद, सहकार्य र सहअस्तित्व’को आधारमा सामाजिक सम्झौता गर्दै उत्पादकत्व वृद्धि र रोजगारी विस्तारमा जोड दिने जनाएकोछ।

यसै सन्दर्भमा जिफन्टले अप्रिल २८ अर्थात अन्तर्राष्ट्रिय श्रमिक स्मृति दिवसको स्स्मरण गर्दै  सो अवसरमा सन्सारभरका श्रमिक र जिम्मेवार पक्षलाई  “Safety First” लाई प्राथमिकतामा राख्दै आफ्नो भुमिका समेत निर्वाह गर्न अनुरोध  गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भोटेकोशी बाढीमा बेपत्ता मृत घोषणा गर्ने प्रक्रिया सुरु, राहत भने अझै अलपत्र

कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी

बंगालको खाडीको न्यून चापीय प्रणालीको प्रभाव: बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न

मानव अधिकार परिषद्मा नेपाल निर्वाचित, एसिया–प्रशान्त क्षेत्रबाट सर्वाधिक १७३ मत

असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा

गैरकानुनी बर्खास्तमा क्षतिपूर्ति निर्धारण गर्दा सेवा अवधि गणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण

अख्तियारकी आयुक्त अमात्य र प्रदीप अधिकारीबीचको अडियोले घुस र अनुसन्धानको सूचना चुहावटमाथि प्रश्न

आश्विन २६,काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.

उपत्यकाका ६ स्थानबाट १३ ब्रान्डका ग्यास सिलिन्डर साट्न सकिने

काठमाडौँ, असोज २४। उपत्यकामा एउटा ब्रान्डको ग्यास सिलिन्डर अर्कोसँग सहजै साट्न नपाएर हैरानी खेपिरहेका उपभोक्ताका