उपत्यकाका ६ स्थानबाट १३ ब्रान्डका ग्यास सिलिन्डर साट्न सकिने

काठमाडौँ, असोज २४। उपत्यकामा एउटा ब्रान्डको ग्यास सिलिन्डर अर्कोसँग सहजै साट्न नपाएर हैरानी खेपिरहेका उपभोक्ताका लागि आइतबारदेखि नयाँ व्यवस्था लागू हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग सङ्घले नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासङ्घको सहकार्यमा उपत्यकाका ६ वटा निर्दिष्ट स्थानबाट १३ विभिन्न कम्पनीका सिलिन्डर साटफेर गर्न सकिने प्रबन्ध मिलाएको हो।

उक्त सेवा आइतबारदेखि शनिबारसम्म (हप्ताैभरि) बिहान ९:३० देखि अपराह्न ४:३० बजेसम्म उपलब्ध हुने सङ्घले जनाएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङका अनुसार चाडपर्वका समयमा ग्यासको अभाव नहोस् र फरक ब्रान्डको सिलिन्डर भएकै कारण उपभोक्ताले सास्ती भोग्नु नपरोस् भन्ने उद्देश्यले यो सहजीकरण गरिएको हो।

ग्यास साट्न सकिने स्थान र ब्रान्डहरू:

स्थान साट्न सकिने ग्यास ब्रान्डहरू
सिफल (ग्यास एन्ड अक्सिजन ट्रेडर्स) एभरेष्ट, सुगम
पेप्सीकोला सगर
बालाजु औद्योगिक क्षेत्र नेपाल, एचपी, गीता, राजधानी, त्रिवेणी
सुकेधारा बाबा, श्री
कलङ्की साइबाबा, श्रीकृष्ण
हरिसिद्धि (ललितपुर) श्रीराम
सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार यो सुविधा काठमाडौँ उपत्यकामा बिक्री-वितरण भइरहेका सङ्घका सदस्य उद्योगका सिलिन्डरका लागि मात्र लागू हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत पाटनमा अब फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरिने

असोज १८, काठमाडौं । उच्च अदालत पाटनले प्रमाणीकरण भएका फैसलालाई विद्युतीय प्रणालीमा प्रविष्ट गरी अभिलेखीकरण

हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन, जलवायु न्याय र त्रिदेशीय संयन्त्रको जोडदार माग

जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

 असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध