उच्च अदालत पाटनमा अब फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरिने

असोज १८, काठमाडौं । उच्च अदालत पाटनले प्रमाणीकरण भएका फैसलालाई विद्युतीय प्रणालीमा प्रविष्ट गरी अभिलेखीकरण गर्ने कार्य सुरु गरेको छ।

न्यायपालिकाका कामकारबाहीलाई सूचना प्रविधिमा आधारित बनाउँदै न्यायिक सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र सहज बनाउने उद्देश्यले यस्तो अभ्यास सुरु गरिएको अदालतले जनाएको छ।

उच्च अदालत पाटनका रजिस्ट्रार अशोककुमार क्षेत्रीका अनुसार ‘ई–जुडिसियरी’ र ‘ई–कोर्ट’मा आधारित न्यायपालिका निर्माण गर्ने उद्देश्यअनुरूप फैसलालाई विद्युतीय प्रणालीमा प्रविष्ट गर्ने कार्य अघि बढाइएको हो।

अदालतबाट प्रमाणीकरण भएका फैसलाहरू असोज १६ गतेदेखि ‘केस म्यानेजमेन्ट सिस्टम’मा अपलोड गर्न सुरु गरिएको रजिस्ट्रार क्षेत्रीले जानकारी दिए।

यस व्यवस्थाले फैसलाको सुरक्षित अभिलेखीकरणसँगै आवश्यक परेका बेला सम्बन्धित विवरण तथा दस्तावेजमा सहज पहुँच स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन, जलवायु न्याय र त्रिदेशीय संयन्त्रको जोडदार माग

जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

 असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई