काठमाडौँमा वायु प्रदूषण नियन्त्रण कार्ययोजना आउँदै

मंसिर ३, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि विशेष कार्ययोजना सार्वजनिक गर्ने तयारी गरेको छ । महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले बिहीबार आयोजित पत्रकार सम्मेलनमा यही मङ्सिर ७ गतेदेखि सुरु हुने ‘काठमाडौँ जलवायु कार्य सप्ताह’ का क्रममा उक्त कार्ययोजना सार्वजनिक गरिने जानकारी दिएकी हुन् ।

जाडोयाम सुरु भएसँगै वायु प्रदूषणको स्तर बढ्दै जाने र बिहीबार काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहरको सूचीमा परेको उल्लेख गर्दै उनले मानव स्वास्थ्यमा पर्ने असरप्रति चिन्ता व्यक्त गरिन् । प्रदूषण नियन्त्रणका लागि महानगरपालिकाले छिमेकी स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग समन्वय तथा सहकार्य गरेर अघि बढ्ने कार्यवाहक प्रमुख डङ्गोलले बताइन् ।

मङ्सिर ७ देखि १३ गतेसम्म सञ्चालन हुने सप्ताहमा हरेक दिन फरक–फरक सातवटा विषयगत क्षेत्र (थिम) मा विमर्श गरिनेछ । निजी तथा सार्वजनिक क्षेत्र, नागरिक समाज, वैज्ञानिक र कृषकहरूको सहभागितामा जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका तत्काल गर्न सकिने कार्यहरूको पहिचान गरिने महानगरले जनाएको छ । सोही अवसरमा ‘रिचार्ज काठमाडौँ’ अभियानलाई समेत सँगसँगै अघि बढाइने डङ्गोलले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

स्थानीय चुनावलक्षित एमालेको राष्ट्रिय भेला हुँदै

२०८३ कात्तिक ३०,काठमाडौं । नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

कार्तिक २७,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीश पदमा चार जनालाई नियुक्त गरेका छन्।

सार्वजनिक खरिदका श्रमिकलाई न्यूनतम पारिश्रमिक तोकियो, अदक्ष कामदारको दैनिक १७४० पुग्यो

कार्तिक २३, २०८३, काठमाडौं । सरकारले सार्वजनिक खरिदअन्तर्गत सञ्चालन हुने सम्पूर्ण आयोजना तथा कार्यक्रममा आबद्ध

यूएईविरुद्ध पनि नेपालको कमजोर ब्याटिङ, १५३ रनमै अलआउट

  २०८३ कार्तिक २२ गते काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले संयुक्त अरब

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपबारे सरोकारवालाको ध्यानाकर्षण

कार्तिक  १९, काठमाडौं । काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरूले प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढ्दै गएको

ट्रेड युनियन अधिकार कमजोर पार्ने सरकारी निर्णय फिर्ता लिन अन्तर्राष्ट्रिय श्रमिक संगठनहरूको माग

कार्तिक १९,काठमाडौं । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ एसिया–प्रशान्त क्षेत्र (आईटीयूसी–एपी) सहित विभिन्न अन्तर्राष्ट्रिय श्रमिक संगठनहरूले