पुरुष या महिला को मा यौन चाहना बढी ? अध्ययन यसो भन्छ

महिला र पुरुषमा कस्को यौन इच्छा बढी हुने गर्दछ भन्ने विषय विवादास्पद छ । आम धारणा पुरुषको काम वासना अधिक हुन्छ भन्ने छ ।

landscape-1491593588-sexcouple0

पुरुषमा यौन चाहना बढी प्रबल रहने आम मान्यता छ । तर, हालै गरिएको एउटा अध्ययनले भने पुरुषको भन्दा यौनचाहना महिलामा बढी हुने गरेको प्रमाणित गरेको छ । अनलाइन डील प्रोभाइडर कम्पनी भाउचर कोड्स प्रोले हालै एउटा अध्ययन गराएको थियो। जसमा पुरुष पार्टनरको तुलनामा महिलाहरुमा सेक्सप्रति झुकाव बढी हुने खुलासा गरेको छ।

युकेमा गरिएको उक्त सर्भेमा १८ वर्षमाथि उमेरसमूहका २ हजार ३ सय ८३ जनालाई सहभागी गराइएको थियो । सर्भेको नतिजाअनुसार ५९ प्रतिशत महिलाले आफ्नो पार्टनरको तुलनामा बढी सेक्स गर्ने इच्छा व्यक्त गरेका थिए, जसमा पुरुषको प्रतिशत ४१ थियो । सर्भेमा करिब २१ प्रतिशत जोडीले यो कुरा स्वीकार गरे कि उनीहरुको पछिल्लो यौन जीवनका कारणबाट सेक्सका क्रममा आफ्नो पार्टनरसँग उनीहरुको झगडा भएको थियो ।

सर्भेमा सहभागी ३२ प्रतिशत सहभागीहरुले आफ्नो जीवनसाथी (श्रीमान वा श्रीमती) प्रेमको मामिलामा निकै आलसी भएको बताए। ३४ प्रतिशतले आफ्नो यौन जीवन निकै बोरिङ रहेको र त्यसमा अडभेन्चरको कम भएको बताए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित