यूएईविरुद्ध पनि नेपालको कमजोर ब्याटिङ, १५३ रनमै अलआउट

 

२०८३ कार्तिक २२ गते

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध पनि कमजोर ब्याटिङ प्रदर्शन गरेको छ । अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४१ ओभरमा १५३ रनमै समेटिएको हो ।

नेपालका लागि सोहेल कुँवरले सर्वाधिक ३३ रन बनाए । उनले ७१ बलमा तीन चौका प्रहार गरे । त्यस्तै, सचिन भट्टले ५५ बलमा ३२ रन जोडे ।

दर्श सोनारले १६, निरजकुमार यादवले १६ र आशिष लुहारले ११ रन बनाए । कप्तान विपिन शर्मा नौ रनमा अविजित रहे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालले सुरुवातदेखि नै नियमित अन्तरालमा विकेट गुमाएको थियो । १८ रनको अवस्थामा पहिलो विकेट गुमाएको नेपाल ३६ रन पुग्दा तीन विकेट गुमाएर दबाबमा परेको थियो । त्यसपछि सोहेल र दर्शले पारी सम्हाल्ने प्रयास गरे पनि ठूलो साझेदारी हुन सकेन ।

यूएईका नसीम खानले उत्कृष्ट बलिङ गर्दै आठ ओभरमा ४३ रन खर्चेर पाँच विकेट लिए । अयान मिस्बाहले १० ओभरमा २२ रन दिँदै तीन विकेट हात पारे भने नुरुल्लाह अयोबीले दुई विकेट लिए ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा भारतसँग १० विकेटको पराजय बेहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपबारे सरोकारवालाको ध्यानाकर्षण

कार्तिक  १९, काठमाडौं । काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरूले प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढ्दै गएको

ट्रेड युनियन अधिकार कमजोर पार्ने सरकारी निर्णय फिर्ता लिन अन्तर्राष्ट्रिय श्रमिक संगठनहरूको माग

कार्तिक १९,काठमाडौं । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ एसिया–प्रशान्त क्षेत्र (आईटीयूसी–एपी) सहित विभिन्न अन्तर्राष्ट्रिय श्रमिक संगठनहरूले

समाचारप्रति सर्वोच्चको ध्यानाकर्षण, निष्पक्ष छानबिन गर्न आग्रह

१६ कात्तिक २०८३, काठमाडौं । प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम तथा

प्रधानन्यायाधीश र न्यायाधीशबारे छानबिन गर्न माग

काठमाडौँ, १३ कात्तिक। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको नाम जोडिएर

भोटेकोशी बाढीमा बेपत्ता मृत घोषणा गर्ने प्रक्रिया सुरु, राहत भने अझै अलपत्र

कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी

अर्थमन्त्री वाग्लेको दिल्ली अभिव्यक्तिले नेपालमा बढायो कूटनीतिक विवाद

कार्तिक १०, काठमाडौँ । नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिलाई लिएर