
काठमाडौँ, १३ कात्तिक। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको नाम जोडिएर सार्वजनिक रूपमा प्रश्न उठेपछि सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बसेको छ। शुक्रबार मुद्दाको पेसीका लागि गोला प्रक्रिया सुरु हुनुअघि बसेको आकस्मिक बैठकमा सहभागी अधिकांश न्यायाधीशले घटनाबारे अदालतभित्रैबाट निष्पक्ष आन्तरिक छानबिन समिति गठन गर्नुपर्ने धारणा राखेका छन्।
बैठकमा न्यायाधीश हरिप्रसाद फुयाँलले चर्चामा रहेको ‘इनम’सँगको ह्वाट्सएप संवादबारे स्पष्टीकरण दिएका थिए। प्रधानमन्त्रीको नाम लिएर आफूहरूसमक्ष आएको व्यक्तिसँग कुराकानी भएको स्वीकार गर्दै उनले कुनै पनि न्यायिक विचलन हुने काम नगरेको दाबी गरे। उनले आफूसहित प्रधानन्यायाधीशको नामसमेत जोडिएकाले सत्यतथ्य सार्वजनिक गर्न अदालतभित्रैबाट निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका थिए।
बैठकमा न्यायाधीशहरू नित्यानन्द पाण्डेय, मेघराज पोखरेल, महेश शर्मा पौडेल, श्रीकान्त पौडेल र शारंगा सुवेदीलगायतले पनि धारणा राखेका थिए। उनीहरूले न्यायालयमाथि उठेका प्रश्नको निष्पक्ष निरूपण आवश्यक रहेकोमा जोड दिएका थिए।बैठकमा सहभागी एक न्यायाधीशका अनुसार न्यायालयसँग सम्बन्धित विषयमा संसद्ले आफ्नो भूमिका निर्वाह गरे पनि अदालत आफैँले आन्तरिक छानबिन गरी निष्कर्षमा पुग्नुपर्ने धारणा व्यक्त भएको थियो।
यस विषयमा थप छलफल र आवश्यक निर्णय गर्न आगामी सोमबार पुनः पूर्ण बैठक बस्ने सहमति भएको छ। बैठक सकिएलगत्तै न्यायाधीशहरू गोला प्रक्रियामार्फत नियमित इजलासमा मुद्दाको सुनुवाइमा सहभागी भएका थिए।
कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी
कार्तिक १०, काठमाडौँ । नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिलाई लिएर
८ कार्तिक २०८३ नेपालको न्यायप्रणाली परम्परागत रूपमा कागजी कार्यविधि, भौतिक उपस्थिति र प्रशासनिक ढिलासुस्तीबाट गुज्रिँदै
२०८३ कार्तिक ८, काठमाडौं । पीएचपी प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी भेटिएपछि नेपालका अधिकांश सरकारी वेबसाइट
८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न
२९ असोज २०८३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न, केवाईसी अद्यावधिक गर्न तथा