
२०८३ कार्तिक ८, काठमाडौं । पीएचपी प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी भेटिएपछि नेपालका अधिकांश सरकारी वेबसाइट तथा केही बैंकिङ र डिजिटल सेवा चार दिनदेखि प्रभावित भएका छन्।सम्भावित साइबर आक्रमणबाट जोगाउन सरकारी निकायले वेबसाइट अस्थायी रूपमा बन्द गरी सुरक्षा परीक्षण र सफ्टवेयर अद्यावधिकको काम गरिरहेका छन्। यसबाट सरकारी सूचना प्रवाह, वित्तीय जानकारी तथा मालवाहक सवारीसाधन ट्र्याकिङ प्रणालीमा असर परेको छ।
राष्ट्रिय साइबर सुरक्षा केन्द्रले अक्टोबर २२ मा सुरक्षा सतर्कतासम्बन्धी सूचना जारी गर्दै प्रभावित प्रणाली अद्यावधिक गर्न निर्देशन दिएको थियो। पुराना सफ्टवेयरको स्तरोन्नति र प्राविधिक परीक्षण गर्नुपर्ने भएकाले सबै वेबसाइट एकैपटक सञ्चालनमा आउन नसकेको जनाइएको छ।
सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका प्रमुख कार्यकारी अधिकृत किरण तिमिल्सिनाका अनुसार अक्टोबर २५ देखि २७ सम्म चरणबद्ध रूपमा वेबसाइट पुनः सञ्चालनमा ल्याउने लक्ष्य छ। तर सबै वेबसाइट सोही अवधिमा खुल्ने निश्चितता छैन।यसबीच केही बैंकका वेबसाइट पुनः सञ्चालनमा आइसकेका छन्। मोबाइल बैंकिङ र क्यूआर भुक्तानीजस्ता सेवा भने सामान्य रूपमा सञ्चालनमा रहेको बताइएको छ।
असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा
२६ असोज , काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको कार्यसमितिमा नरहेकी पवित्रा रेग्मीलाई बैंक
काठमाडौँ, असोज २४। उपत्यकामा एउटा ब्रान्डको ग्यास सिलिन्डर अर्कोसँग सहजै साट्न नपाएर हैरानी खेपिरहेका उपभोक्ताका
जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी