आँखाको तेज बढाउने १० घरेलु उपाय

IMG_1841उपाय

१. बदाम
६ /७ दाना बदाम राति पानीमा भिजाएर राख्नुस । यसलाई हरेक दिन विहान नियमित रुपमा खाने गर्नाले आखालाइ फाइदा गर्दछ ।

२. त्रिफला
अथवा त्रिफला चुर्ण रातभर पानीमा भिजाउनुस् । भिजाएको पानीले विहान आखा सफा गर्नुहोस् । यसले आखामा हुने इन्फेक्सन तथा मांसपेशीलाई स्वस्थ राख्दछ।

३. गाजर
यसमा भिटामिन वि र सी पाइन्छ । नियमित रुपमा गाजर खानाले तथा यसको जुस पिउनाले आखाको ज्योति बढ्दै जान्छ ।

४. सर्स्युं
सुत्ने बेलामा आखीभौ तथा निधारमा तोरि तथा सर्स्युंको तेलले मालिस गरेर सुत्नाले आखाका मांसपेशीलाई बलीयो बनाउदछ ।

५. ग्रीन टि
दैनिक नियमित रुपमा २ ३ कप ग्रीन टि पिउनुहोस् । यसमा रहेको एन्टीअक्सिडेन्ट्सले आखालाई स्वस्थ राख्दछ ।

६. अमला
सुकाएको अमलालाई रातभर पानीमा भिजाउनुस् । भोलीपल्ट विहान यसको पानीले आंखा सफा गर्नुस् । यसो गर्नाले आखा स्वस्थ रहन्छ ।

७. घिउ
घिउले आखी भौ तथा कन्चडतिर ५-१० मिनेट मसाज गर्नाले आंखाको तेज बढ्दै जान्छ ।

८. जीरा
जीरा र मिश्रीलाई बराबर मात्रामा मिसाएर पिस्नुस् । यसको धुलोलाई नियमित रुपमा घिउसंग मिसाएर खानाले आंखाको ज्योति बढाउछ ।

९. हरियो साग
रायो, मेथि, पालुङ्गो लगायतका हरियो सागपात खानाले आखाको तेज बढ्दै जान्छ ।

१०.चिसो पानी
आखालाई चिसो पानीले धुनुस् । त्यसपछि चिसो पानी तथा गुलाव जलले कटनको कपडा भिजाएर १० मिनेटसम्म आखाँमा पट्टि बनाएर लगाउनाले आखा स्वस्थ रहन्छ ।

नोट: “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।”

(यो पनि पढ्नुहोस्)

गर्मीमा यसरी बनाउनुहोस् कागती र पुदिनाको सर्बत।

एजेन्सी । जाडोको तुलनामा गर्मी याममा शरीरमा पानीको आवश्यक्ता बढी हुन्छ । गर्मीमा पसिना धेरै बग्छ । बाह्य वातावरण सुख्खा हुन्छ । त्यही कारणले पनि शरीरमा पानीको सन्तुलन मिलाउनु पर्ने हुन्छ । तर, हामी सादा पानी पिउन त्यती जाँगर देखाउँदैनौ, जति बजारमा पाइने कोल्ड ड्रिंक्स पिउन जाँगर चलाउँछौं ।

स्वादिलो र छरितो कोल्ड ड्रिंक्सले प्यास त मेटाउँछ, तर शरीरमा पानीको आवश्यक्ता पुरा गर्दैन । अझ बेफाइदा त के भने, कोल्ड ड्रिंक्स स्वास्थ्यका लागि लाभदायक हुन्न ।त्यसैले गर्मीमा स्वाद पनि लिने, शरीरमा पानीको मात्रा पनि पुरा गर्ने विकल्प हो, सर्बत । घरेलु विधीबाट सजिलै तयार पार्न सकिने सर्बत स्वास्थ्यका लागि पनि सर्बोत्तम मानिन्छ ।गर्मीबाट राहत दिनका लागि हामीलाई प्रकृतिले कागति दिएको छ । त्यस्तै यतिबेला पुदिना पनि पाइन्छ । कागती, पुदिना र अदुवाको सर्बत सजिलै बनाउन सकिन्छ, जो स्वादिलो हुनका साथै स्वस्थ्यबर्द्धक पनि । चिनी, बीरे नुन पनि यसमा मिश्रण गर्नुपर्छ । यद्यपी यसमा चिनी भन्दा मह वा सख्खरको प्रयोग गर्नु उत्तम हो ।

आवश्यक सामग्री

– कागती दाना मध्यम आकारको

– पुदिनाको पात

– अदुवा (लाम्चो काटिएको)

– बीरे नुन

– चिनी (मह वा सख्खर भए राम्रो)
कसरी बनाउने ?

१. चिनीलाई एक गहिरो भाँडामा राख्ने र त्यसमा एक तिहाई पानी मिसाउने ।

२. चिनीलाई घोलेर पकाउने । यो घोल औंलामा लिएर खेलाउँदा आपसमा टाँसिने हुनुपर्छ । अब उक्त घोललाई सेलाउन दिने ।

३. कागती निचोरेर रस निकाल्ने । पुदिना र अदुवालाई मिक्सचरमा पिस्ने । तर, त्यसमा पानी नहाल्ने बरु चिनीको घोल थोरै मिसाइदिने ।

४. अब चिनीको घोलमा पुदिना र अदुवाको मिश्रण, कागतीको रस, बीरे नुन मिसाउने । त्यसलाई राम्ररी घोल्ने ।

(यसलाई माटोको भाँडोमा भण्डारण गरेर आवश्यक्ता अनुसार पानी मिसाएर पिउन सकिन्छ ।)

नोट: “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।”

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अदालतको आदेशपछि प्राधिकरण फर्किएका शाक्यलाई मन्त्री घिसिङको निर्देशन– “अहंकार नगर्नुहोस्, नतिजा देखिने गरी काम गर्नुहोस्”

मंसिर २५, काठमाडौं ।सर्वोच्च अदालतको आदेशपछि नेपाल विद्युत प्राधिकरण (नेविप्रा) मा कार्यकारी निर्देशकका रूपमा पुनर्बहाली

एआई नियमन रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने ट्रम्पको घोषणा

२४ मंसिर, काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई) उद्योग सम्बन्धी नियमन केन्द्रमै राख्नुपर्ने

जेन–जी आन्दोलनमा पक्राउ परेकामध्ये ७४ जना जेल चलान, ९२ जना हाजिरी जमानीमा रिहा

मंसिर २४, काठमाडौं । जेन–जी आन्दोलनका क्रममा पक्राउ परेकामध्ये ७४ जनालाई जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका

रास्वपासँग एकता वार्ता नगर्ने उनेपाको निष्कर्ष, ‘राजनीतिक बेइमानी’ गरेको आरोप

मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री