वास्तविक छाला जस्तै देखिने आवरणसहितको रोबोट जापानमा निर्माण

टोकियो, असार १३ गते । जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको विकास गरेका छन् । सेल रिपोर्ट्स फिजिकल साइन्स जर्नलमा प्रकाशित विवरणमा जापानी वैज्ञानिकले भनेका छन्, “उनीहरूले ‘जीवित छालाकोजस्तो आवरणसहितको रोबोट’ बनाउन ‘छाला बनाउने कोषले भरिएको जेल’ प्रयोग गरेका थिए ।

बायोहाइब्रिड रोबोट विशेषज्ञले यो प्रविधिले एक दिन एन्ड्रोइडको आविष्कारमा मानव जस्तो उपस्थिति र क्षमताको साथ भूमिका खेल्ने आशा गरेका छन् ।  “हामीलाई आशा छ, जीवित प्रणाली र संयन्त्रहरूको वैज्ञानिक अध्ययन (फिजियोलोजी) ले मुजाको बनावट र अनुहारको हाउभाउबारे जानकारी दिन मद्दत गर्नेछ,” प्राध्यापक शोजी टेकुचीको नेतृत्वको टोलीले भनेको छ । प्रायः सिलिकन रबरबाट बनेको वास्तविकजस्तो देखिने छालाले ढाकेको नयाँ सामग्रीले परम्परागत ‘ह्युमनोइड रोबोट’ भन्दा एक कदम अगाडिको विकासको सङ्केत दिन सक्छ तर यसले पसिना वा आफैलाई निको पार्न सक्दैन ।

वैज्ञानिकहरूको लक्ष्य ‘जैविक छालामा निहित आत्म–उपचार क्षमतासहितको रोबोटको निर्माण गर्नु हो’ तर उनीहरू अझै त्यहाँ पुगिसकेका छैनन् ।यसअघिका अध्ययनहरूमा उनीहरूले प्रयोगशालामा हुर्केको छालाको कटमा कोलेजनलाई रोबोटिक औँलाले ढाकेर यसलाई कसरी मर्मत गर्न सकिन्छ भनेर अध्ययन गरी यसको नतिजा बाहिर ल्याएका थिए । तरल पदार्थको रूपमा सर्ने ‘प्राकृतिक मुस्कान’ को रूपमा वर्णन गर्न, उनीहरूले छाला जस्तो कोषलाई पानी र तातोको उपस्थितिमा स्टार्च अणुहरूको अन्तरआणविक बन्धनहरू तोड्ने प्रक्रिया अर्थात् वास्तविक मानव छालाको लिगामेन्टबाट प्रेरित एक विधि (जिलेटिनाइज्ड) गरी  रोबोटको प्वालभित्र राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भारतीय अन्तरिक्ष मिशन स्स्पाडेक्स उपग्रहको सफलतापूर्वक ‘अनडकिङ’ पूरा

नयाँ दिल्ली, चैत १ गते । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिशनअन्तर्गत

गठबन्धन सरकारलाई एकताबद्ध भई अगाडि बढाउन आवश्यक

रुपन्देही  १९ , फागुन।  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा

सामाजिक मर्यादा ध्वस्त बनाउने घृणाको राजनीति नियन्त्रण गर्छौं : प्रधानमन्त्री

फागुन १५ , काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र

‘पत्रकारिताको माध्यमबाट निराशा हटाउनुपर्छ’

 फागुन ९,ललितपुर । पत्रकारिता क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार तथा वक्ताहरुले पत्रकारिताको माध्यमबाट हरेक क्षेत्रमा भएका

प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत

फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।

पोखरा महानगरको ‘भ्रष्टाचार’ : सवा अर्बको लगानी, बालुवामा पानी !

काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित