को हुन् स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल ?

स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलको जीवनी

gjlgo'Qm :jf:Yo dGqL lul//fhdl0f kf]v/]n :jf:Yo dGqfnodf a'waf/ kbaxfnL kl5 ;~rf/sdL{x?;Fu ;+lIfKt s'/fsfgL ug'{x'Fb} . tl:a/ M /Tg >]i7, /f;; .

पृष्ठभूमि र जन्म

पत्रकार पृष्ठभमिबाट राजनीतिमा प्रवेश गरेका गिरिराजमणि पोखरेलले देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रको तर्फबाट स्वास्थ्य मन्त्रालयको  जिम्मेवारी सम्हालेका छन् । उनी यसअघि दुई पटकसम्म स्वास्थ्यमन्त्री र एकपटक शिक्षा मन्त्री बनिसकेका छन् । पोखरेल माओवादी केन्द्रभित्र नारायणकाजी श्रेष्ठ निकट मानिन्छन् । नेकपा (माओवादी केन्द्र)का सचिव समेत रहिसकेका गिरिराजमणि पोखरेल दुइवटै निर्वाचनमा महोत्तरीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

माओवादीको प्रमुख सचेतक समेत रहिसकेका पोखरेल अविवाहित नेता हुन । गिरिराजमणि पोखरेलको जन्म बि.सं. २०१५ साल माघ २४ गते खोटाङ्ग जिल्लाको खार्पा–६ मा भएको हो भने उनी गौरिवास–२, महोत्तरी जिल्लाका स्थायी बसिन्दा हुन । उनका बाबुको नाम चन्द्रमणी पोखरेल र आमाको नाम कनक कुमारी पोखरेल हो ।

शिक्षा र अनुभव

मन्त्री गिरिराजमणि पोखरेल माओवादीका बौद्धिक एवं कुशल संघठक मानिन्छन् । पोखरेलले वाणिज्य शास्त्रमा स्नातकोत्तर तह  र कानूनमा  स्नातक  तहसम्मको अध्ययन गरेका छन् ।

राजनीतिक यात्रा

तत्कालीन जनमोर्चा नेपालमा रहेका उनी पार्टी एकीकरणसँगै माओवादीमा छन्। नारायणकाजी श्रेष्ठसँगै माओवादीसँग पार्टी एकतामा आएर पटक-पटक मन्त्री पद पाउने भाग्यमानी’ नेताका रुपमा उनी चिनिन्छन् ।

१.  २०३७ सालदेखि राजनीतिमा प्रवेश ।

२.  २०६२/६३ को जनआन्दोलन लगत्तै माओवादी शान्ति प्रक्रियामा आएपछि  ०६४ बैशाखमा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा पहिलो पटक पोखरेल स्वास्थ्यमन्त्री बनेका ।

३.  २०६५ भदौमा प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा पोखरेल स्वास्थ्यमन्त्री बनेका ।

४.  केपी ओली सरकारको नेतृत्वमा भने शिक्षामन्त्री भएका ।

५.  अहिले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको ।

६.  नेकपा (माओवादी केन्द्र)का सचिव समेत रहिसकेका ।

७.  नेकपा (माओवादी केन्द्र) को प्रमुख सचेतक समेत रहिसकेका ।

उनको धारणा

नवनियुक्त स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. गणेश गुरुङ लगायतका कर्मचारीलाई वीर अस्पतालको सेवा प्रभावकारी हुन नसक्नुको कारणबारे जवाफ मागेका छन् । पोखरेलले मुलुककै जेठो वीर अस्पतालमा क्षमतावृद्धि, नेतृत्वकर्ता तथा कार्यक्षमता नै प्रमुख समस्या भएकाले यसको नेतृत्व लिएकाहरुले अब सोच्नुपर्ने बेला आएको बताए ।

उनले नाफा कमाउने उद्देश्यले नागरिकहरुले निजीकरणमा विश्वास गर्दै स्वास्थ्य तथा शिक्षा जस्ता कुरालाई मौलिक हकको रुपमा लागु गर्न नसकिने समेत स्पष्ट पारे । स्वास्थ्य प्रणालीलाई सुदृढ गर्नु नै अहिलेको आवश्यकता भएको बताउँदै मन्त्री पोखरेलले हिजो स्वास्थ्य मन्त्रालयको पदभार सम्हाल्ने क्रममा निजी क्षेत्रबारे नबोल्नुको मुख्य कारणमा नेपालको सरकारी स्वास्थ्य प्रणाली कमजोर रहनु मुख्य कारण भएको बताए ।

विदेश भ्रमण

बेलायत, चीन, भारत, भुटान, थाइल्याण्ड, फ्रान्स, स्वीटजल्याण्ड, बेल्जियम, घाना, माली र इथियोपिया सहित एक दर्जन देशहरुको भ्रमण ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

सहमतिअनुसार व्यवसायीहरुले यातायात बन्द राख्नु गलत : भौतिकमन्त्री

 जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर

पोखरा महानगरको ‘भ्रष्टाचार’ : सवा अर्बको लगानी, बालुवामा पानी !

काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

काठमाडौँ, साउन ११  गते ।  बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल