शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ निरीक्षक शशिभूषण कुमार यादवसमेत विरुद्धको गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा विशेष अदालतको फैसला चुनौती दिँदै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

आयोगले यादवविरुद्ध चार करोड ४७ लाख ३४ हजार २१२ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा विशेष अदालतले २०८१ असार २३ गते आंशिक सफाइ दिने फैसला गरेको थियो।

अनुसन्धानका क्रममा गैरकानुनी रूपमा आर्जित सम्पत्ति विभिन्न आफन्तका नाममा राखिएको पाइएको आयोगको दाबी छ। विशेष अदालतको फैसला चित्तबुझ्दो नभएको भन्दै आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार थप कारबाहीको मागसहित सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले प्रचलित कानुनअनुसार पुनरावेदन गरिएको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज