भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई विदेशी जासुसी गतिविधिसँग जोडेर गम्भीर अनुसन्धान गर्नुपर्ने धारणा सार्वजनिक भएको छ । घटनाको एक वर्ष पुगेको सन्दर्भमा सार्वजनिक गरिएको एक विश्लेषणमा उक्त आन्दोलनमा सहभागी युवाहरूको असन्तोष, आक्रोश र अपेक्षालाई उनीहरूकै जानकारीबिना कुनै अन्तर्राष्ट्रिय जासुसी संस्था वा बाह्य शक्तिले प्रयोग गरेको हुनसक्ने आशंका गरिएको छ ।

विश्लेषणमा आन्दोलनमा सहभागी धेरै युवालाई आन्दोलनको नेतृत्व कसले गरिरहेको थियो र यसको अन्तिम गन्तव्य के थियो भन्ने स्पष्ट जानकारी नभएको दाबी गरिएको छ । यद्यपि, यसमा विदेशी संस्था वा शक्तिको संलग्नता रहेको भन्ने विषय पुष्टि हुन भने स्वतन्त्र तथा विश्वसनीय अनुसन्धान आवश्यक देखिन्छ । भदौ २३ र २४ को घटनाका क्रममा छोटो अवधिमै कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासहित राज्यका प्रमुख संरचनामा क्षति पुगेको तथा राष्ट्रप्रमुखको निवाससमेत प्रभावित भएको उल्लेख गर्दै यसलाई नेपालको इतिहासकै गम्भीर घटनामध्ये एकका रूपमा चित्रण गरिएको छ ।

घटनापछि तयार भएका विभिन्न प्रतिवेदन तथा अध्ययनका निष्कर्ष कार्यान्वयनमा राज्य उदासीन रहेको आरोपसमेत विश्लेषणमा लगाइएको छ । घटनाको वास्तविक कारण, योजनाकार, संगठनात्मक संरचना, आर्थिक तथा प्राविधिक सहयोग र सम्भावित बाह्य संलग्नताबारे गहिरो अनुसन्धान गर्नुपर्नेमा जोड दिइएको छ ।

विश्लेषणमा विश्वका विभिन्न मुलुकमा स्थानीय जनताको असन्तोष र आन्दोलनलाई बाह्य शक्तिले आफ्नो रणनीतिक उद्देश्यका लागि प्रयोग गरेका घटनाहरूको उदाहरण दिँदै नेपालमा पनि त्यस्तो सम्भावनालाई गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने तर्क गरिएको छ ।

नेपालको दीर्घकालीन राष्ट्रिय हित, आन्तरिक शान्ति र क्षेत्रीय स्थिरताका लागि भदौ २३ र २४ को घटनाको वास्तविक पृष्ठभूमि सार्वजनिक गर्नुपर्ने र त्यसका आधारमा नयाँ राष्ट्रिय समझदारी निर्माण गर्नुपर्ने धारणा पनि व्यक्त गरिएको छ ।

घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विश्लेषणमा त्यस अवस्थासम्म देशलाई पुर्‍याउने राजनीतिक तथा सामाजिक परिस्थितिप्रति आत्मसमीक्षासमेत आवश्यक रहेको उल्लेख गरिएको छ ।

यस्तो छ मिश्रको भनाइ:

“विदेशी-जासुसी विद्रोह (Foreign-Spy Revolt)” को वर्षगाँठ!
आज संसारकै सबैभन्दा सफलमध्येको “विदेशी-जासुसी विद्रोह (Foreign-Spy Revolt)” को वर्षगाँठ:
– त्यस्तो विद्रोह जुन नेपालको इतिहासमा सबैभन्दा दुखद र पीडादायी हुन गयो।
– त्यस्तो विद्रोह जसमा सहभागीहरूलाई विद्रोहको नेतृत्व कसले गर्दैछ र विद्रोह कता जाँदैछ भन्ने थाह थिएन।

– त्यस्तो विद्रोह जसमा हालसम्म अज्ञात अन्तर्राष्ट्रिय जासुसी संस्था(हरू)ले निर्दोष नेपाली युवाहरू (Gen G) को पीडा, असन्तोष, आक्रोश र अपेक्षालाई, उनीहरूले थाहै नपाउने गरी, प्रयोग गरे, र संसारमैँ सबैभन्दा सफलमध्येको “जासुसी विद्रोह” सम्पन गरे।

– त्यस्तो विद्रोह जसमा ६ घण्टाको अवधिभित्र देशको राष्ट्रियता र सार्वभौमसत्ताका प्रमुख तीन धरोहर, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, अनि राष्ट्रप्रमुखको निवास जलिसकेको थियो। (संसारमा आजसम्म त्यस्तो भएको मलाई थाहा छैन।)

– त्यस्तो विद्रोह जसबारे तयार पारिएका प्रतिवेदनहरू कार्यान्वयन गर्न राज्य चाहाँदैन।

संसारका तथ्यमा आधारित केही उत्कृष्ट जासुसी सिनेमा हेरेपछि, केही विद्रोहका बारे पढेपछि र धेरै सोचविचार गरेपछि, मैले भदौ २३ र २४ को घटनालाई संसारकै एउटा सबैभन्दा सफल “विदेशी-जासुसी विद्रोह” को संज्ञा दिने निर्णय गरेको छु।

त्यसपछिको लक्ष्यमा योजनाकारहरू सफल भए या भएनन्, या उनीहरू अझै आफ्नो मिशनमा छन्, त्यो थाहा छैन।

तर भविष्यमा कुनैबेला भदौ २३ र २४ को योजनाकार, योजना र कार्यान्वयनका कतिपय गोप्य सूचनाहरू सार्वजनिक भएपछि त्यसबारे Hollywood को कुनै विश्वविख्यात निर्देशकले “जासुसी सिनेमा” निर्माण गरेको खण्डमा त्यो संसारकै उत्कृष्टमध्येको जासुसी सिनेमा बन्नेछ भन्नेमा म विश्वस्त छु।

यसरी स्थानीय युवा अथवा जनता अनजानमै विद्रोहमा प्रयोग भएका covert operation हरू संसारमा धेरै छन्, जहाँ प्रयोग हुनेले “हामीले गरेको” भन्ठान्छन् तर गर्नेहरू अरू नै हुन्छन्। नेपालमा भएको त्यही हो।

नेपालले आफ्नो दिर्घकालीन हितलाई सुनिश्चित गर्न चाहने हो भने भदौ २३ र २४ को घटनाको सक्दो गहिराइमा पुग्न प्रयास गर्नै पर्छ।

नेपालको आन्तरिक र यो क्षेत्रकै शान्ति र स्थिरताका लागि नेपाल #नवीनसमझदारी मा जानै पर्छ। नत्र नेपालमा भविष्यमा भदौ २३ र २४ को भन्दा धेरै गम्भिर संकट आउने छ र त्यतिबेला नेपाललाई आन्तरिक शक्तिहरूले सम्हाल्न सक्ने छैनन्।

भदौ २३ र २४ मा दिवङ्गत सबै प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। र, हाम्रो पुस्ता जसले यो देशलाई यस्तो अवस्थामा पुर्यायो, त्यसका लागि गहिरो दोषभाव प्रकट गर्दछ!

(फोटो: Prakash Bahadur Bohara सँग, जसको रगतले लतपतिएको सेतो जुत्ता भदौ २३ र २४ को विद्रोहको प्रतिक बन्यो र जो आज पनि सिंहदरबार लगायतका भवन कसरी जल्यो भन्नेबारे अनभिज्ञ छन्।)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन