
२१ असार, जाजरकोट । खाना पकाउने ग्याँसको सिलिण्डरबाट ग्याँस लिग भएर आगलागी हुँदा र बिहान जाजरकोट सदरमुकामको थाप्लेमा चार जना गम्भीर घाईतेभएका छन् ।
भेरी नगरपालिका ३ थाप्लेचौरस्थित भक्तबहादुर वलीको घरमा भाडामा बस्ने हिरालाल पन्तको कोठामा ग्याँस लिग भएर आगलागी भएको थियो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी भबेश रिमालले दिएको जानकारी अनुसार घाईते हुनेहरुमा त्रिवेणी नलगाड नगरपालिका ४ का हिरालाल पन्त, उनकी छोरी बन्दना पन्त, हिरालालकै नाती रोशन सिंह र भेरी नगरपालिका ३ की बागेश्वरी डाँगी रहेका छन् ।
आगलागीबाट कोठाका सम्पुर्ण सामग्रीहरु जल्नुका साथै घरको छानाको भाग पनि जलेको छ । वलीको घरमा आगलागी भएको थाहा पाएर हेर्न गएकी थाप्लेचौर निवासी बागेश्वरी डाँगी पनि जलेर घईते भएको प्रहरीले जनाएको छ ।
घाईतेहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार हुन नसकेपछि नेपालगंज स्थित भेरी अञ्चल अस्पतालमा रिफर गरिएको छ । घाईतेहरुको अनुहार र शरिरका विभिन्न भागहरु जलेको प्रहरीले जनाएको छ ।
केही दिन देखी ग्याँसको सलिण्डर र चुलोमा समस्या देखिएको भएपनि होशियारी नअपनाउँदा ग्याँस लिग भएर आगलागी भएको बताईएको छ ।
काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण
काठमाडौँ, असोज २४। उपत्यकामा एउटा ब्रान्डको ग्यास सिलिन्डर अर्कोसँग सहजै साट्न नपाएर हैरानी खेपिरहेका उपभोक्ताका
असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा