
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका ९ वटा स्थानीय तह र साझा यातायातबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। संविधान दिवसको अवसर पारेर गरिएकाे यस समझदारीसँगै उपत्यकामा ३० वटा बसमार्फत रात्रिकालीन सेवा विस्तार गरिएको छ।
सञ्चालन रुटहरू: जगाती–सूर्यविनायक–ठमेल, लगनखेल–गोदावरी, रिङरोड (दुवै दिशा), कीर्तिपुर–जमल, टाखेल–ठमेल र नागढुङ्गा–एयरपोर्ट रुटमा सेवा सञ्चालन हुनेछ। काठमाडौं र ललितपुर महानगरपालिका तथा बूढानीलकण्ठ, गोदावरी, चन्द्रागिरि, कीर्तिपुर, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमि नगरपालिका सहकार्य गर्ने निकायहरू हुन।
सेवा सञ्चालनमा अपुग हुने रकमको ५० प्रतिशत ७ वटा नगरपालिकाले र बाँकी ५० प्रतिशत जनसङ्ख्याका आधारमा काठमाडौं, ललितपुर र अन्य नगरपालिकाहरूले बेहार्ने सहमति भएको छ। यात्रुहरूको सहजता र आर्थिक पारदर्शिताका लागि साझा यातायातले आर्थिक चुहावट रोक्न र सहजताका लागि क्यूआर तथा नगदबाट भुक्तानी गर्न सकिने डिजिटल टिकेटिङ प्रणाली लागू गरिएको छ। साथै, आर्थिक वर्ष २०८३/८४ भित्र डिजिटल साइनेजसहितको बस स्टप निर्माण गरिनेछ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज