
असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी छोरी डेनी दाहालले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल पोखरेलको संयुक्त इजलासले रिट जारी गरेको हो।
सर्वोच्चले दाहाललाई थुनामा राखिरहनुपर्ने पर्याप्त आधार र कारण नदेखिएको ठहर गर्दै आजैदेखि तारेखमा राखेर रिहा गर्न आदेश दिएको छ। सर्वोच्चको आदेशमा दाहालले संविधान र कानुनविपरीत हिंसात्मक आन्दोलनका लागि आह्वान गरेको नदेखिएको उल्लेख छ।
काठमाडौं जिल्ला अदालतले यसअघि पहिलोपटक तीन दिनको म्याद थप गर्दा बयान सम्पन्न गर्नुपर्ने आधार लिएको थियो। तर, दाहालको बयान असोज ६ गते नै सम्पन्न भइसकेको तथ्य सर्वोच्चले आदेशमा उल्लेख गरेको छ। दाहालले ‘ग्रे-जोन’को रिपोर्टबारे सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका थिए। उनलाई साइबर अपराधसम्बन्धी कसुरमा असोज ४ गते मोरङको बेलबारीबाट पक्राउ गरिएको थियो।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज