भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

 असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी छोरी डेनी दाहालले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल पोखरेलको संयुक्त इजलासले रिट जारी गरेको हो।

सर्वोच्चले दाहाललाई थुनामा राखिरहनुपर्ने पर्याप्त आधार र कारण नदेखिएको ठहर गर्दै आजैदेखि तारेखमा राखेर रिहा गर्न आदेश दिएको छ। सर्वोच्चको आदेशमा दाहालले संविधान र कानुनविपरीत हिंसात्मक आन्दोलनका लागि आह्वान गरेको नदेखिएको उल्लेख छ।

काठमाडौं जिल्ला अदालतले यसअघि पहिलोपटक तीन दिनको म्याद थप गर्दा बयान सम्पन्न गर्नुपर्ने आधार लिएको थियो। तर, दाहालको बयान असोज ६ गते नै सम्पन्न भइसकेको तथ्य सर्वोच्चले आदेशमा उल्लेख गरेको छ। दाहालले ‘ग्रे-जोन’को रिपोर्टबारे सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका थिए। उनलाई साइबर अपराधसम्बन्धी कसुरमा असोज ४ गते मोरङको बेलबारीबाट पक्राउ गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत पाटनमा अब फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरिने

असोज १८, काठमाडौं । उच्च अदालत पाटनले प्रमाणीकरण भएका फैसलालाई विद्युतीय प्रणालीमा प्रविष्ट गरी अभिलेखीकरण

हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन, जलवायु न्याय र त्रिदेशीय संयन्त्रको जोडदार माग

जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई