क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार रुपैयाँ सहयोग गरेको छ ।

एसोसिएसनका अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा पदाधिकारी, सदस्य तथा सम्बद्ध क्यासिनोका महाप्रबन्धकहरूको संयुक्त टोलीले नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय खड्ग राज पौडेलज्यु समक्ष उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

नेपाल क्यासिनो एसोसिएसनमा आबद्ध महाराजा द रोयल क्यासिनो (काठमाडौँ र पोखरा), बादशाह क्यासिनो, क्यासिनो मजोङ नेपाल, मजोङ वीरगञ्ज, मजोङ नेपालगञ्ज तथा क्यासिनो मजोङ नेपालका साथै नेपालगञ्ज र वीरगञ्जका स्टाफहरूको संयुक्त पहलमा उक्त रकम सङ्कलन गरिएको जनाइएको छ ।

एसोसिएसनका अनुसार बाढीबाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको हो । एसोसिएसनमा आबद्ध अन्य क्यासिनोहरूले समेत छुट्टाछुट्टै रूपमा बाढीपीडितका लागि सहयोग प्रदान गरिसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत पाटनमा अब फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरिने

असोज १८, काठमाडौं । उच्च अदालत पाटनले प्रमाणीकरण भएका फैसलालाई विद्युतीय प्रणालीमा प्रविष्ट गरी अभिलेखीकरण

हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन, जलवायु न्याय र त्रिदेशीय संयन्त्रको जोडदार माग

जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

 असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध