
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार रुपैयाँ सहयोग गरेको छ ।
एसोसिएसनका अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा पदाधिकारी, सदस्य तथा सम्बद्ध क्यासिनोका महाप्रबन्धकहरूको संयुक्त टोलीले नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय खड्ग राज पौडेलज्यु समक्ष उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।
नेपाल क्यासिनो एसोसिएसनमा आबद्ध महाराजा द रोयल क्यासिनो (काठमाडौँ र पोखरा), बादशाह क्यासिनो, क्यासिनो मजोङ नेपाल, मजोङ वीरगञ्ज, मजोङ नेपालगञ्ज तथा क्यासिनो मजोङ नेपालका साथै नेपालगञ्ज र वीरगञ्जका स्टाफहरूको संयुक्त पहलमा उक्त रकम सङ्कलन गरिएको जनाइएको छ ।
एसोसिएसनका अनुसार बाढीबाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको हो । एसोसिएसनमा आबद्ध अन्य क्यासिनोहरूले समेत छुट्टाछुट्टै रूपमा बाढीपीडितका लागि सहयोग प्रदान गरिसकेको जनाइएको छ ।
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको