देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।
सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सुरु गरेको छ।

पहिलो चरणअन्तर्गत शनिबारदेखि काठमाडौँ उपत्यकाका जोखिमयुक्त क्षेत्रमा अतिक्रमित घरटहरालगायत संरचना हटाउन थालिएको हो। सो क्रममा थापाथली, सिनामङ्गल–गैरीगाउँ र शान्तिनगर क्षेत्रमा नदी किनारका अवैध संरचना हटाइएको छ।

आइतबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल को सहयोगमा सरकारी टोलीले मनोहरा नदी किनारका अतिक्रमित बस्ती हटाउने काम अघि बढाएको छ।

काठमाडौँ उपत्यका विकास प्राधिकरण का विकास आयुक्त जानुका ढकालका अनुसार प्रारम्भिक चरणमा जोखिमयुक्त बस्ती हटाइने र दोस्रो चरणमा भूमिहीनको पहिचान गरी वैकल्पिक बसोवासको व्यवस्था गरिनेछ।

अभियानका क्रममा काठमाडौँ महानगर क्षेत्रको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार (बुद्धचोक) र वडा नं ९ मनोहरा टोलका जोखिमपूर्ण बस्ती खाली गराउन थालिएको छ। प्रभावित नागरिकलाई सरसामान सार्न र ढुवानी गर्न सुरक्षाकर्मीले सहयोग गरिरहेका छन्।

प्राधिकरणका अनुसार हालसम्म २१४ परिवार सरकारको सम्पर्कमा आएका छन्। ती परिवारका लागि अस्थायी रूपमा होटलमा बसोवास र खानपानको व्यवस्था मिलाइएको जनाइएको छ।

उपत्यकाबाहिर पनि अभियान विस्तार गरिएको छ। रूपन्देहीको बुटवल उपमहानगरपालिका–४ मा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाइएको छ भने नुवाकोटको विदुर नगरपालिकामा ‘गल्छी–रसुवागढी सडक योजना’ अन्तर्गत एक दर्जन सरकारी र ८६ निजी संरचना हटाइएको छ।

त्यस्तै, पर्साको गण्डक नहर क्षेत्रका अतिक्रमित संरचना पनि हटाइएको वीरगन्ज महानगरपालिका ले जनाएको छ।

यसैबीच, प्रहरी महानिरीक्षक दानबहादुर कार्की ले मनोहरा क्षेत्रको स्थलगत निरीक्षण गर्दै विस्थापित नागरिकको व्यवस्थापनबारे जानकारी लिएका छन्।

अभियानका क्रममा शनिबार केही स्थानमा स्थानीयसँग सामान्य झडप हुँदा २२ सुरक्षाकर्मी घाइते भएका थिए। आइतबार भने बस्ती हटाउने कार्य शान्तिपूर्ण रूपमा जारी रहेको जनाइएको छ।

उता मानवअधिकार एलायन्स ले वैकल्पिक व्यवस्थाविना सुकुमवासीलाई हटाउनु मानवअधिकारको दृष्टिले अनुचित हुने भन्दै प्रभावित समुदायसँग संवाद गर्न सरकारलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कार्यसमितिमा नभएकी व्यक्तिलाई कोषाध्यक्षको जिम्मेवारी, राखेपमा उजुरी

२६ असोज , काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको कार्यसमितिमा नरहेकी पवित्रा रेग्मीलाई बैंक

हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन, जलवायु न्याय र त्रिदेशीय संयन्त्रको जोडदार माग

जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।