काठमाडौं । पछिल्लो समय यौन शिक्षाको विषयमा चासो बढ्दै गइरहेको छ । प्रविधिको विकाससँगै नेपालमा पनि पछिल्लो समय अनलाईनमा पोर्न भिडियो हेर्नेको संख्या बढेको छ । यौन सम्बन्ध र व्यवहारिक विज्ञान विशेषज्ञका अनुसार सेक्स एउटा यस्तो समस्या होे, जसलाई लिएर किशोरहरुमा धेरै जान्ने इच्छा हुन्छ ।
त्यो जान्नका लागि अनलाईनमा सेक्स भिडियो हेर्छन् । आजभोली सोशल मीडिया र वेबसाइडले गर्दा यो बारेमा जान्न धेरै सजिलो भएको छ । तर अधिकांश जानकारी लिँदा यो पोर्नग्राफीको रुपमा देखा पर्छ ।
एण्ड्रोमेडा एण्ड्रोलजी सेण्टरका निर्देशक डा.सुधाकर कृष्णमूर्ति भन्छन्,-‘म सेक्सलाई लिएर अज्ञानता नै यसको दोषी मान्छु । मानिसहरुलाई पहिला स्वस्थ सेक्सको बारेमा जान्न जरुरी छ । पोर्न भनेको उसको स्वरुप मात्रै हो ।’
उनी यस्तो चिकित्सक हुन जो एण्ड्रोलोजीमा पहिलो पटक काम गरेर सफतला पाएका व्यक्ति हुन् । यो पुरुषको प्रजनन क्रियासँग सम्बन्धित गड़बड़ीलाई समाधान गर्ने चिकित्सा शाखा हो ।
उनी भन्छन्-‘एक शिक्षित महिला तथा पुरुषले पोर्न भिडियोलाई देह सुखको माध्यम मात्रै मान्दैनन्, बल्कि सँगै भएको र अझै नजिक छन् भन्ने प्रयासलाई देखाउँछ । यो किशोरहरुसँग मात्र होइन् हरकोहीसँग सेक्स गर्न मजा लिन हेर्ने गरिन्छ ।’
डर यो कुराको छ कि सजिलै उपलब्ध हुने अनलाइन पोर्नले खतरनाक यौन व्यवहारका लागि युवालाई उत्प्रेरित गर्छ, विशेषगरी यस्तो देश जहाँ युवाहरुको जनसंख्या विश्वमा सर्वाधिक हुन्छ ।
डाक्टर कृष्णमुर्तिका अनुसार सेक्स उत्तेजना बढाउने कामका साथै पोेर्न भिडियोले यौन जन्य अपराध समेत जन्माउने गरेको छ । युवाहरुको मस्तिष्कमा गहिरो प्रभाव पारेर उनीहरुलाई उत्तेजित पारेर यौन अपराधका लागि बाध्य पार्ने गरेको चिकित्सकहरुको निष्कर्ष छ ।
चिकित्सकका अनुसार नेपालमा मात्रै ८० लाख बढीले पोर्न भिडियो हेर्ने गर्छन् । पोर्न भिडियो हेर्नुको मुख्य उद्देश्य यौन उत्तेजना बढाउनु नै भएको उनीहरुको ठहर छ । पछिल्लो समय बढीहरेका बलात्कारका घटना पनि पोर्न भिडियोकै कारण भएको बताइएको छ ।
पोर्न भिडियो विशेषगरी युवापुस्ताले हेर्ने गर्छन् । डाक्टर कृष्णमुर्ति भन्छन्-‘युवा अवस्था भनेको जवानीको अवस्था हो । यो बेला जवानीको जोशलाई थप सक्रिया बनाउन युवायुवतीले पोर्न भिडियो हेर्छन् । तर यस्ले नकारात्मक असर पनि पार्छ ।’
उनका अनुसार हाम्रो समाजमा प्रायजसो १५ देखि ५० वर्षसम्मका व्यक्तिले पोर्न भिडियो हेर्ने गरेका छन् । नेपालमा महिला भन्दा पुरुषले बढी पोर्न भिडियो हेर्ने गर्छन् । एजेन्सी
२९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै
२८ माघ, काठमाडौँ । प्रहरीको लाठीचार्जविरुद्ध भोलि नेपाल चिकित्सक संघले देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द
बिहिबार, पौष २८, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय
-प्रकाश आचार्य, योग विषेशज्ञ मानिसले निश्चय नै आफूलाई सधैँ स्वस्थ राख्न चाहन्छ । तर,
२९ असोज,काठमाडौं । सभ्यताको प्रारम्भदेखि नै योग प्रचलनमा रहेको देखिन्छ ।शिवलाई योगका आदि गुरु मान्ने
योग पुर्वीय दर्शनको महत्वपूर्ण पाटो हो । हामी ऋषिमुनिका सन्तान हौं त्यसकारण योग हाम्रो दैनिकी