महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध नियन्त्रण र न्यूनीकरणका लागि राज्यका संयन्त्रलाई प्रभावकारी र क्रियाशील बनाउन सत्तापक्ष र प्रतिपक्षका सांसदहरू एकमत भएका छन् । यस विषयमा प्रतिनिधि सभामा सत्तापक्ष तथा प्रतिपक्षका सांसदको समर्थनसहित सङ्कल्प प्रस्ताव दर्ता भएको छ । नेकपा (एमाले) की संसदीय दलकी प्रमुख सचेतक नीता घतानी प्रस्तावक रहेको प्रस्तावमा विभिन्न दलका सांसदहरूले समर्थन जनाएका छन् । प्रस्तावलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी श्रद्धा कुँवर, नेपाली कांग्रेसकी रेनुका काउचा, नेपाली कम्युनिस्ट पार्टीका बलावती शर्मा र पार्वती विक, श्रम संस्कृति पार्टीकी अम्बिका देवी सङ्ग्रौला तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी संसदीय दलकी सचेतक खुश्बु ओलीले समर्थन गरेका छन् । प्रस्तावमा बलात्कार, यौन हिंसा तथा साइबर अपराध नियन्त्रणका लागि विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन, पीडितको सुरक्षा तथा पुनर्स्थापना र शीघ्र न्याय सुनिश्चित गर्न राज्यका सम्बन्धित संयन्त्रलाई थप प्रभावकारी बनाउनुपर्ने माग गरिएको छ ।

नेपालको संविधानले नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने, स्वतन्त्रता र समानताको हकका साथै बालबालिका तथा महिलाको हक सुनिश्चित गरेको उल्लेख गर्दै प्रस्तावमा व्यवहारमा महिला तथा बालिकामाथि हुने हिंसा र शोषणका घटना निरन्तर देखिनु गम्भीर चिन्ताको विषय भएको जनाइएको छ ।बालिका तथा किशोरीमाथि हुने यौन अपराधले उनीहरूको मानसिक तथा शारीरिक स्वास्थ्य र भविष्यमा दीर्घकालीन असर पार्ने तथा डिजिटल प्रविधिको विस्तारसँगै साइबर बुलिङ, चरित्रहत्या र गोपनीयतामाथिको आक्रमणजस्ता नयाँ प्रकृतिका अपराध बढिरहेको प्रस्तावमा उल्लेख छ ।

प्रस्तावमा गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सम्बन्धित मन्त्रालयका रूपमा तोकिएको छ ।प्रतिनिधि सभा नियमावलीअनुसार सार्वजनिक महत्वका विषयमा राय, सिफारिस, सन्देश वा निर्देशन दिन तथा सरकारको कुनै नीति वा कार्यप्रति समर्थन वा विरोध जनाउन सङ्कल्प प्रस्ताव दर्ता गर्न सकिन्छ । प्रस्तावमाथि छलफलपछि स्वीकृत भएमा सभाले सरकारलाई आवश्यक निर्देशन दिन सक्छ ।

स्वीकृत सङ्कल्प प्रस्ताव कार्यान्वयनका लागि सभाका सचिवले मन्त्रिपरिषद् तथा सम्बन्धित मन्त्रीसमक्ष पठाउने व्यवस्था छ । सम्बन्धित मन्त्रालयले प्रस्ताव कार्यान्वयनको प्रगति प्रत्येक तीन महिनामा सम्बन्धित समिति र संसद् सचिवालयलाई उपलब्ध गराउनुपर्ने व्यवस्था पनि नियमावलीमा छ । त्यस्तै, पारित सङ्कल्प प्रस्तावको कार्यान्वयनको आवधिक अनुगमन तथा मूल्याङ्कन प्रतिनिधि सभाको सम्बन्धित विषयगत समितिले गर्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भोटेकोशी बाढीमा बेपत्ता मृत घोषणा गर्ने प्रक्रिया सुरु, राहत भने अझै अलपत्र

कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी

अर्थमन्त्री वाग्लेको दिल्ली अभिव्यक्तिले नेपालमा बढायो कूटनीतिक विवाद

कार्तिक १०, काठमाडौँ । नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिलाई लिएर

नेपालको न्यायपालिकाको डिजिटल सेवा र अन्तर्राष्ट्रिय मापदण्ड: प्रगति, चुनौती र भावी दिशा

८ कार्तिक २०८३ नेपालको न्यायप्रणाली परम्परागत रूपमा कागजी कार्यविधि, भौतिक उपस्थिति र प्रशासनिक ढिलासुस्तीबाट गुज्रिँदै

बंगालको खाडीको न्यून चापीय प्रणालीको प्रभाव: बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न

बैंक खातामा राष्ट्रिय परिचयपत्रको ‘बाध्यकारी’ नियम बदर: सर्वोच्चको ऐतिहासिक फैसला र यसका दूरगामी प्रभाव

२९ असोज २०८३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न, केवाईसी अद्यावधिक गर्न तथा

मानव अधिकार परिषद्मा नेपाल निर्वाचित, एसिया–प्रशान्त क्षेत्रबाट सर्वाधिक १७३ मत

असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा