नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब नागरिक एपमार्फत हेर्न सकिने भएको छ । सुरक्षण मुद्रण केन्द्रबाट छापिएका लाइसेन्स यातायात व्यवस्था विभागले वितरणका लागि सम्बन्धित कार्यालयमा पठाउन थालेसँगै एपमा यो सुविधा उपलब्ध गराइएको हो ।

नागरिक एपको नयाँ अपडेट (भर्सन २.०.९५) पछि प्रयोगकर्ताले ‘सवारी चालक अनुमतिपत्र’ सेक्सनमार्फत कार्डको अवस्था जाँच गर्न सक्नेछन् । लाइसेन्स छापिएको अवस्थामा “तपाईंको सवारी चालक अनुमतिपत्र छापिएको छ, कृपया सम्बन्धित कार्यालयबाट लिनुहोस्” भन्ने सूचना देखिनेछ भने नछापिएको अवस्थामा कुनै सूचना देखिँदैन ।

हाल यो सुविधा एन्ड्रोइड प्रयोगकर्ताका लागि मात्र उपलब्ध रहेको र आईओएस संस्करणमा पनि छिट्टै उपलब्ध गराइने एपका प्रतिनिधिले जनाएका छन् ।

यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच २०८२ कात्तिक १२ गते भएको सम्झौताअनुसार १२ लाख क्यूआर कोडयुक्त लाइसेन्स छपाइ सम्पन्न भइसकेको छ । विभागका अनुसार २०८२ चैत ३० गतेसम्म तीमध्ये ६ लाख ७० हजार कार्ड सम्बन्धित कार्यालयमा पठाइसकिएको छ ।

नागरिक एपमा कार्ड छापिएको सूचना प्राप्त भएपछि सेवाग्राहीले लाइसेन्स लिन सम्बन्धित यातायात कार्यालयमै उपस्थित हुनुपर्नेछ । नयाँ लाइसेन्स लिनेहरूले राजस्व भुक्तानीको सक्कल रसिद अनिवार्य रूपमा पेश गर्नुपर्नेछ भने नवीकरण गरेका सेवाग्राहीले पुरानो लाइसेन्स कार्ड साथमै ल्याउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट