
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी हिमपहिरो तथा बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएका श्रमिकहरूको स्मृतिमा काठमाडौंको वसन्तपुरमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ।
जिफन्टले जलवायु न्याय, प्रभावित समुदायका लागि क्षतिपूर्ति तथा श्रमिक र लैंगिक न्यायमा आधारित नवीकरणीय ऊर्जा संक्रमणको माग गर्दै जीवाश्म–इन्धनमुक्त भविष्यका लागि अन्तर्राष्ट्रिय अभियानमा समेत आफ्नो ऐक्यबद्धता जनाएको हो।
भाद्र १० गते भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको हिमपहिरो तथा बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो। विपद्का कारण जनधनसँगै कृषियोग्य जमिन, सडक, पुल, जलविद्युत् आयोजना र स्थानीय समुदायको जीविकोपार्जनमा समेत गम्भीर असर परेको थियो।
जिफन्टले अनुदानमा आधारित जलवायु वित्तको व्यवस्था गर्न, जीवाश्म इन्धनमा हुने सार्वजनिक लगानी अन्त्य गर्न तथा श्रमिक र लैंगिक न्याय सुनिश्चित हुने गरी नवीकरणीय ऊर्जातर्फ संक्रमण गर्न माग गरेको छ।
जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले जलवायु संकटको प्रत्यक्ष प्रभाव श्रमिक वर्गमा परेको उल्लेख गर्दै विपद्पछिको पुनरुत्थान र पुनर्निर्माणमा श्रमिकको अधिकार तथा सामाजिक सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताए। अध्यक्ष श्रेष्ठले जलबायु संकट भविष्यको मात्र नभई वर्तमानकै गम्भीर चुनौती भएको उल्लेख गर्दै राहत र पुनर्निर्माणसँगै जलवायु संकटका मूल कारण सम्बोधन गर्न संबंधित पक्षले ढिलाई गर्न नहुनेमा जोड दिएका छन् ।
उक्त कार्यक्रममा विपद्मा ज्यान गुमाएका तथा बेपत्ता भएका श्रमिकका परिवारसहित जिफन्टका विभिन्न क्षेत्रका श्रमिक तथा अभियन्ताहरूको सहभागिता रहेको थियो। सहभागीहरूले दिवंगत श्रमिकहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले