जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का अवसरमा राजधानीमा र्याली तथा प्रदर्शन गरी दिवस मनाएको छ। काठमाडौंको भृकुटीमण्डपबाट हजारौँ श्रमिकहरूको सहभागितामा सुरु भएको र्याली सुन्धारा, जमल, घण्टाघर, कमलादी, पुतलीसडक र पद्मोदय हुँदै पुनः भृकुटीमण्डपमै पुगेर सभामा परिणत भएको थियो।

‘कामको अधिकार, श्रमको सम्मान, सीपको अभिवृद्धिः प्रविधिमैत्री प्रगति–श्रमिकसँग समृद्धि’ भन्ने मूल नारासहित महासङ्घले देशभर तथा प्रवासमा विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाएको जनाएको छ।

महासङ्घका अध्यक्ष विनोद श्रेष्ठले श्रमिकको सम्मान, सीप विकास र उत्पादनशीलता अभिवृद्धिका लागि आन्दोलनलाई समयानुकूल रुपान्तरण गर्नुपर्ने बताए। उनले आजका श्रमिक भोलिका परिवर्तनका संवाहक भएकाले राष्ट्रिय समृद्धिको नेतृत्व गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले ट्रेड युनियन अधिकार लडेर र सङ्घर्षबाट स्थापित भएको उल्लेख गरे। “यो कसैले दान दिएको वा मायाले दिएको अधिकार होइन, हामीले सङ्घर्ष गरेर प्राप्त गरेको अधिकार हो,” उनले भने, “नेपालका हरेक लोकतान्त्रिक आन्दोलनमा श्रमिकको योगदान अतुलनीय छ। विश्वभरिका श्रमिकहरूले मिलेर स्थापित गरेको यो अधिकार कसैले कुल्चन सक्दैन।”

अध्यक्ष श्रेष्ठले सरकारले ट्रेड युनियन अधिकार खारेज गर्न खोजेको भन्ने भ्रम सिर्जना भएको दाबी गर्दै त्यसबारे संवाद र बहसका लागि महासङ्घ तयार रहेको बताए। “हामी सरकारसँग संवाद गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा बहस गर्न तयार छौँ,” उनले भने।

उनले आफ्ना मागहरू बेवास्ता गरिए तथा श्रमिकविरुद्धका गतिविधि बढे सशक्त प्रतिकार गर्ने चेतावनी दिए। “श्रमिकहरूले आफ्ना खोसिएका हकअधिकारका लागि सडकबाटै संघर्ष गर्नेछन्,” उनले भने, “हामी कमजोर भएका छैनौँ, डराएका छैनौँ र आत्तिएका छैनौँ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भोटेकोशी बाढीमा बेपत्ता मृत घोषणा गर्ने प्रक्रिया सुरु, राहत भने अझै अलपत्र

कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी

अर्थमन्त्री वाग्लेको दिल्ली अभिव्यक्तिले नेपालमा बढायो कूटनीतिक विवाद

कार्तिक १०, काठमाडौँ । नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिलाई लिएर

बंगालको खाडीको न्यून चापीय प्रणालीको प्रभाव: बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न

बैंक खातामा राष्ट्रिय परिचयपत्रको ‘बाध्यकारी’ नियम बदर: सर्वोच्चको ऐतिहासिक फैसला र यसका दूरगामी प्रभाव

२९ असोज २०८३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न, केवाईसी अद्यावधिक गर्न तथा

मानव अधिकार परिषद्मा नेपाल निर्वाचित, एसिया–प्रशान्त क्षेत्रबाट सर्वाधिक १७३ मत

असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा

अख्तियारकी आयुक्त अमात्य र प्रदीप अधिकारीबीचको अडियोले घुस र अनुसन्धानको सूचना चुहावटमाथि प्रश्न

आश्विन २६,काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.