जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का अवसरमा राजधानीमा र्याली तथा प्रदर्शन गरी दिवस मनाएको छ। काठमाडौंको भृकुटीमण्डपबाट हजारौँ श्रमिकहरूको सहभागितामा सुरु भएको र्याली सुन्धारा, जमल, घण्टाघर, कमलादी, पुतलीसडक र पद्मोदय हुँदै पुनः भृकुटीमण्डपमै पुगेर सभामा परिणत भएको थियो।

‘कामको अधिकार, श्रमको सम्मान, सीपको अभिवृद्धिः प्रविधिमैत्री प्रगति–श्रमिकसँग समृद्धि’ भन्ने मूल नारासहित महासङ्घले देशभर तथा प्रवासमा विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाएको जनाएको छ।

महासङ्घका अध्यक्ष विनोद श्रेष्ठले श्रमिकको सम्मान, सीप विकास र उत्पादनशीलता अभिवृद्धिका लागि आन्दोलनलाई समयानुकूल रुपान्तरण गर्नुपर्ने बताए। उनले आजका श्रमिक भोलिका परिवर्तनका संवाहक भएकाले राष्ट्रिय समृद्धिको नेतृत्व गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले ट्रेड युनियन अधिकार लडेर र सङ्घर्षबाट स्थापित भएको उल्लेख गरे। “यो कसैले दान दिएको वा मायाले दिएको अधिकार होइन, हामीले सङ्घर्ष गरेर प्राप्त गरेको अधिकार हो,” उनले भने, “नेपालका हरेक लोकतान्त्रिक आन्दोलनमा श्रमिकको योगदान अतुलनीय छ। विश्वभरिका श्रमिकहरूले मिलेर स्थापित गरेको यो अधिकार कसैले कुल्चन सक्दैन।”

अध्यक्ष श्रेष्ठले सरकारले ट्रेड युनियन अधिकार खारेज गर्न खोजेको भन्ने भ्रम सिर्जना भएको दाबी गर्दै त्यसबारे संवाद र बहसका लागि महासङ्घ तयार रहेको बताए। “हामी सरकारसँग संवाद गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा बहस गर्न तयार छौँ,” उनले भने।

उनले आफ्ना मागहरू बेवास्ता गरिए तथा श्रमिकविरुद्धका गतिविधि बढे सशक्त प्रतिकार गर्ने चेतावनी दिए। “श्रमिकहरूले आफ्ना खोसिएका हकअधिकारका लागि सडकबाटै संघर्ष गर्नेछन्,” उनले भने, “हामी कमजोर भएका छैनौँ, डराएका छैनौँ र आत्तिएका छैनौँ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा