अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रति विश्वास जाग्न थाल्यो

११ असार २०८१, काठमाडौँ  । नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्याललगायत विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको अभियोगमा मुद्दा दायर भएपछि विभिन्न कोणबाट समाजमा चर्चा परिचर्चा भईरहेको छ । नेपालको इतिहासमा मुख्य सचिवविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरिएको यो नै पहिलो हो । यसअघि बहालवाला सचिवविरुद्ध पनि मुद्दा चलाइसकिएको छ । अख्तियारले साना कर्मचारीले गरेका सामान्य भ्रष्टाचारजन्य कार्यलाई मात्र देख्छ, ठुलालाई छुने आँटै गर्दैन भन्ने भाष्य खडा गरिएको मात्र नभई ‘साना माछा र ठुला माछा’ को उपमा दिने गरिएको छ ।

पछिल्लो चरणमा भने राजनीतिक व्यक्तित्व, उनीहरूका परिवारका साथै उच्चपदस्थ कर्मचारीलाई पनि कैफियत देखिएको खण्डमा कानुनी दायरामा ल्याउने आँट अख्तियारले गर्ने रहेछ भन्ने आमनागरिकमा विश्वास जगाएको छ । अख्तियारले डा. अर्यालविरुद्ध आर्थिक वर्ष २०७८/७९ मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव रहँदा गरेको आर्थिक अनियमितताको विषयलाई लिएर विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

विसं २०८० असार २ गते सेवाबाट निवृत्त हुनै लागेका डा. अर्याल दुई दिनअघि (जेठ ३२ गते) मुख्य सचिवमा नियुक्त हुनु भएपछि भाग्यमानीका रूपमा कर्मचारीवृत्तमा चर्चामा हुनुहुन्थ्यो । अन्तःशुल्क स्टिकर छपाइमा भएको अनियमिततामा उहाँसहित अन्य १२ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेपछि स्वतः निलम्बनमा पर्नुभएको छ । यस कार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रति नेपाली जनताको विश्वास जागेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पुराना सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न कानुनी व्यवस्था गरिने

 चैत २३,काठमाडौ। सरकारले पेट्रोलियम पदार्थको बढ्दो आयात घटाउने र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यसहित डिजेल

पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढ्यो

काठमाडौँ, चैत १५ ।तीन पूर्वप्रधानमन्त्री Sher Bahadur Deuba, K. P. Sharma Oli र Pushpa Kamal

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सफल जीवन बीमा अभिकर्ता बन्ने कला

  अधिवक्ता तारा निधि पन्त जीवन बीमा अभिकर्ता बन्नु केवल आम्दानीको स्रोत मात्र होइन, समाजका व्यक्तिहरूलाई

काठमाडौँ महानगरपालिकाबाट कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण खरिदमा सहयोग

काठमाडौँ, माघ २७ गते । काठमाडौँ महानगरपालिकाले कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण खरिदका लागि सहयोग गर्ने