रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित, प्रतिस्पर्धी र गुणस्तरीय बनाउन निर्वाचनसम्बन्धी मापदण्डमा कडाइ गरेको छ। योग्य, सक्षम र संगठन निर्माणमा सक्रिय नेतृत्वलाई प्रतिस्पर्धामा ल्याउने उद्देश्यले उम्मेदवारी प्रक्रियामा कडा व्यवस्था गरिएको हो।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि प्रस्तावक र समर्थकको व्यवस्था अनिवार्य गरिएको छ। सभापति पदका उम्मेदवारले एक जना प्रस्तावकसहित ५१ जना समर्थक जुटाउनुपर्ने व्यवस्था गरिएको छ भने अन्य पदका उम्मेदवारका लागि पनि तोकिएबमोजिम समर्थक आवश्यक पर्नेछ।

रास्वपाका केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार प्रस्तावक तथा समर्थक स्वयं उम्मेदवार हुन नपाउने व्यवस्था गरिएको छ। उहाँले सक्षम र नेतृत्वदायी व्यक्तिलाई जिम्मेवारीमा पुर्‍याउने उद्देश्यले यस्तो मापदण्ड तय गरिएको बताउनुभयो।

“नेतृत्व विकासमा योगदान पुर्‍याएका, संगठन विस्तारमा सक्रिय र कार्यकर्तामाझ स्वीकार्यता प्राप्त व्यक्तिहरूलाई प्रतिस्पर्धामा ल्याउने उद्देश्यले नियमहरू निर्माण गरिएको हो,” केसीले भन्नुभयो।

उहाँका अनुसार देशकै ठूलो राजनीतिक शक्तिका रूपमा स्थापित हुने लक्ष्यसहित अघि बढिरहेको रास्वपालाई सुदृढ रूपमा सञ्चालन गर्न सक्षम, अनुभवी र योग्य नेतृत्व आवश्यक भएकाले उम्मेदवारी प्रक्रियालाई व्यवस्थित बनाइएको हो। यस व्यवस्थाले संगठनभित्र सक्रिय रूपमा काम गरेका र कार्यकर्ताको विश्वास जितेका नेताहरूलाई नेतृत्वमा पुग्न सहज हुने विश्वास गरिएको छ।

महाधिवेशनको बन्दसत्र आज सम्पन्न भएपछि निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु हुने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज