एजेन्सी ।
पोर्न स्टारबाट बलिउड अभिनेत्री बनेकी सनी लियोनले सामाजिक सञ्जालमा केही तस्विरहरु सेयर गरिन् । तस्विरमा उनका श्रीमान डेनियल वेबरको साथमा हट पोजमा देखिएकी छिन् ।
तीन बर्ष डेट गरेपछि डेनियल र सनीले विवाह गरेका थिए । सन्नी भन्छिन्, ‘म डेनियलसँग भेट्दा मेरो आमालाई गुमाएको दुःखमा थिए । मेरो यथार्थता थाहा पाएपछि डेनियलले छोड्छन् जस्तो लागेको थियो, तर उनले मेरो हरेक दुःख–सुखमा साथ दिए ।’
एक अन्तरवार्तामा डेनियलले भनेका थिए, ‘भारतमा वयस्क फिल्मलाई अस्विकार गरिन्छ, तर मलाई न त सनी पोर्न भएकोमा पश्चाताप छ, न पोर्न स्टारको पति भनेको सुन्दा दुःख लाग्छ । हामी एक असल साथी हौ, बिजनेस पार्टनर्स हौ ।’
सनी र डेनियल दुवैको रुची मिल्छ र उनीहरु खेलकुद, जिम साहसिक यात्रामा जान खुब मन पराउँछन् । डेनियलका अनुसार सनीको रिस एकदम खतरनाक हुन्छ र त्यसबेला उनको अघि जाने हिम्मत पनि गर्दैनन् । तर, सनी निकै धैर्य रहेको डेनियल बताउँछन् ।