नयाँदिल्लीमा ‘नेपाल कलिङ’ : पर्यटन र हवाई सम्पर्कमार्फत द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन मन्त्री पौडेलको जोड

काठमाडौँ, मङ्सिर ३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले पर्यटन, हवाई सम्पर्क र जनस्तरको आदानप्रदानमार्फत नेपाल–भारत ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल पर्यटन बोर्ड र नयाँदिल्लीस्थित नेपाली राजदूतावासको संयुक्त आयोजनामा बुधबार साँझ नयाँदिल्लीमा आयोजित ‘नेपाल कलिङ’ गन्तव्य प्रवर्द्धन कार्यक्रममा मन्त्री पौडेलले भारतीय पर्यटकका लागि नेपाललाई सहज, सुरक्षित र आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न द्विपक्षीय सहकार्य विस्तार आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले भन्नुभयो, “नेपाल र भारतबीचको सम्बन्ध केवल कूटनीतिक दायरामा सीमित छैन, यो साझा संस्कृति, सभ्यता, आस्था र जनस्तरको आत्मीयतासँग जोडिएको छ । पर्यटनले नागरिकबीचको सम्पर्क र आर्थिक अवसर विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । नेपाल भारतीय पर्यटकलाई स्वागत गर्न सधैँ तयार छ ।”

उहाँले नेपालका धार्मिक तथा आध्यात्मिक गन्तव्य, प्राकृतिक सम्पदा, साहसिक पर्यटन, सांस्कृतिक विविधता र आरोग्य (वेलनेस) पर्यटन भारतीय पर्यटकका लागि विशेष आकर्षण बन्न सक्ने उल्लेख गर्नुभयो । पर्यटन प्रवर्द्धनसँगै हवाई तथा स्थलमार्गको सम्पर्क विस्तार, सहज आवागमन र निजी क्षेत्रबीचको सहकार्य बढाउनुपर्नेमा उहाँले विशेष जोड दिनुभयो ।

भारतीय समकक्षीहरूसँग भेटवार्ता कार्यक्रमका अवसरमा मन्त्री पौडेलले भारतका केन्द्रीय नागरिक उड्डयनमन्त्री राममोहन नायडु किन्जारापुसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा दुई देशबीचको हवाई उड्डयन क्षेत्रको विकास, द्विपक्षीय सहकार्य विस्तार तथा मैत्रीपूर्ण सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

कार्यक्रममा भारतका पर्यटन तथा संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावतले नेपाल–भारत पर्यटन सम्बन्ध र साझा सांस्कृतिक सम्पदाको महत्त्व उजागर गर्नुभयो भने उत्तराखण्डका पर्यटनमन्त्री सतपाल महाराजले नेपाल र उत्तराखण्डबीच पर्यटन सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नयाँदिल्लीस्थित नेपाली दूतावासका उपप्रमुख डा. सुरेन्द्र थापाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरसहित भुटान, पोल्यान्ड र भियतनामका कूटनीतिक प्रतिनिधिहरूले ‘नेपाल कलिङ’ अभियानप्रति समर्थन जनाउनुभएको थियो ।

सो अवसरमा नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले प्रस्तुतीकरणमार्फत नेपाल सुरक्षित, खुला र पर्यटक स्वागतका लागि पूर्ण रूपमा तयार रहेको सन्देश दिँदै भारतीय पर्यटकलाई पुनः नेपाल भ्रमणको निम्तो दिनुभयो । कार्यक्रममा भारतीय टुर अपरेटर सङ्घ (आइएटीओ) र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लगायत दुवै देशका पर्यटन व्यवसायीहरूको सहभागिताले निजी क्षेत्रबीचको व्यावसायिक साझेदारीलाई थप बल पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौँमा वायु प्रदूषण नियन्त्रण कार्ययोजना आउँदै

मंसिर ३, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि विशेष कार्ययोजना सार्वजनिक

स्थानीय चुनावलक्षित एमालेको राष्ट्रिय भेला हुँदै

२०८३ कात्तिक ३०,काठमाडौं । नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

कार्तिक २७,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीश पदमा चार जनालाई नियुक्त गरेका छन्।

सार्वजनिक खरिदका श्रमिकलाई न्यूनतम पारिश्रमिक तोकियो, अदक्ष कामदारको दैनिक १७४० पुग्यो

कार्तिक २३, २०८३, काठमाडौं । सरकारले सार्वजनिक खरिदअन्तर्गत सञ्चालन हुने सम्पूर्ण आयोजना तथा कार्यक्रममा आबद्ध

यूएईविरुद्ध पनि नेपालको कमजोर ब्याटिङ, १५३ रनमै अलआउट

  २०८३ कार्तिक २२ गते काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले संयुक्त अरब

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपबारे सरोकारवालाको ध्यानाकर्षण

कार्तिक  १९, काठमाडौं । काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरूले प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढ्दै गएको