मंसिर ३, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी निर्वाचन पपुलिस्ट तथा फासीवादी शक्तिहरू र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूबीचको भीषण सङ्घर्ष हुने बताएका छन् । बिहीबार पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आगामी चुनाव सामान्य नहुने उल्लेख गर्दै लोकतान्त्रिक शक्तिहरूले वर्चस्व कायम राख्न आन्तरिक एकता सुदृढ गर्नुपर्ने बताए ।
गत फागुनमा सम्पन्न निर्वाचनको परिणामलाई असामान्य परिस्थितिको उपज भन्दै उनले त्यसबाट पाठ सिकेर अघि बढ्नुपर्ने धारणा राखे । विगतको निर्वाचनमा प्रमुख प्रतिद्वन्द्वी पहिचान गर्न नसक्नु, आफ्ना कमजोरी बुझ्न नसक्नु, आपसी सहकार्य र आन्तरिक एकता कायम गर्न नसक्नु तथा जनतासँग प्रत्यक्ष सम्बन्ध जोड्न नसक्दा पराजय भोग्नुपरेको उनको विश्लेषण थियो ।
थापाले आगामी कार्यभारका रूपमा एमालेको पुनर्निर्माण, राजनीतिक आन्दोलनको तयारी, आगामी निर्वाचनको पूर्वतयारी, संविधान रक्षाका लागि कानुनी सङ्घर्ष र जनतासँग प्रत्यक्ष संवादलाई अघि सारे । घटनाक्रममा अप्रत्याशित परिवर्तन नभए आगामी वर्ष चुनावी वर्ष रहने संवैधानिक व्यवस्था स्मरण गराउँदै उनले वैशाखमा स्थानीय तह, मङ्सिरमा प्रदेश सभा, माघमा राष्ट्रिय सभा र फागुनमा राष्ट्रपतिको निर्वाचन हुने बताए ।
पछिल्लो समय पपुलिस्ट शक्तिहरूको आन्तरिक सत्ता सङ्घर्ष चर्किएको, लोकतान्त्रिक शक्तिबीच सहकार्य बढेको र सरकारप्रति जनआक्रोश चुलिएको दाबी गर्दै उनले संसदीय, सडक र कानुनी सङ्घर्षमा विजयको सङ्केत देखिएको बताए । अन्त्यमा उनले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि एकता, सङ्घर्ष र विजयको विकल्प नरहेको भन्दै नेतृत्वको वरिपरि गोलबन्द हुन कार्यकर्तालाई आग्रह गरे ।
२०८३ कात्तिक ३०,काठमाडौं । नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय
कार्तिक १९, काठमाडौं । काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरूले प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढ्दै गएको
८ कार्तिक २०८३ नेपालको न्यायप्रणाली परम्परागत रूपमा कागजी कार्यविधि, भौतिक उपस्थिति र प्रशासनिक ढिलासुस्तीबाट गुज्रिँदै
२०८३ कार्तिक ८, काठमाडौं । पीएचपी प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी भेटिएपछि नेपालका अधिकांश सरकारी वेबसाइट
२६ असोज , काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको कार्यसमितिमा नरहेकी पवित्रा रेग्मीलाई बैंक
असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी