स्थानीय चुनावलक्षित एमालेको राष्ट्रिय भेला हुँदै

२०८३ कात्तिक ३०,काठमाडौं । नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । भेलामा पार्टीका केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी, जनप्रतिनिधि तथा जनसंगठनका प्रतिनिधिसहित ३ हजार ५१४ जना सहभागी हुने एमालेले जनाएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख निरज आचार्यले भेलाको तयारीबारे जानकारी दिँदै आगामी स्थानीय तह निर्वाचनको पूर्वतयारी, वैचारिक तथा संगठनात्मक एकता सुदृढीकरण र पार्टीको राजनीतिक कार्यदिशामा एकरूपता कायम गर्नु भेलाको मुख्य उद्देश्य रहेको बताए ।

उनका अनुसार एमालेको इतिहासमा पहिलोपटक पालिका तहका कमिटीदेखि केन्द्रीय नेतृत्वसम्म तथा संघीय संसद्‌देखि स्थानीय तहसम्मका जनप्रतिनिधिलाई एउटै मञ्चमा सहभागी गराएर भेला आयोजना गर्न लागिएको हो । सहभागी संख्याका आधारमा यसलाई महाधिवेशनपछिको ठूलो पार्टी कार्यक्रमका रूपमा लिइएको उनले बताए ।भेलाको उद्घाटन मंसिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । उद्घाटन सत्रमा ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, पार्टीको दृष्टिकोण र आगामी कार्यदिशाबारे सम्बोधन गर्नेछन् ।आचार्यका अनुसार भेलाले पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकबाट पारित दुई प्रमुख कार्यभार र कार्यान्वयन गर्नुपर्ने १५ वटा कामबारे पनि छलफल तथा मार्गनिर्देशन गर्नेछ । मुलुकमा देखिएको कुशासन, राजनीतिक अन्योल र निराशालाई चिर्दै जनतामाझ नयाँ आशा र ऊर्जा सञ्चार गर्ने लक्ष्यसमेत भेलाले राखेको छ ।

भेलामा पार्टीका वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समसामयिक राजनीतिक विषय र पार्टीका कार्यभारबारे विशेष सम्बोधन गर्ने कार्यक्रम छ । उपाध्यक्ष रामबहादुर थापाले संसदीय संघर्षसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन् भने अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा भएका काम तथा उपलब्धिको समीक्षा प्रस्तुत गर्नेछन् ।त्यसैगरी महासचिव शंकर पोखरेलले पार्टी सुदृढीकरण, शुद्धीकरण तथा आगामी स्थानीय तह निर्वाचनसम्बन्धी कार्ययोजना प्रस्तुत गर्ने कार्यक्रम रहेको आचार्यले जानकारी दिए ।भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, प्रवासी नेपाली मञ्चका प्रतिनिधि, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष सहभागी हुनेछन् । साथै संघीय सांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, स्थानीय तहका प्रमुख तथा उपप्रमुख र विभिन्न जनसंगठनका प्रतिनिधिको सहभागिता रहनेछ ।

एमालेले भेलामा सहभागीहरूबाट आगामी स्थानीय तह निर्वाचन केन्द्रित लिखित सुझावसमेत संकलन गर्ने जनाएको छ । प्राप्त सुझावका आधारमा निर्वाचन रणनीति र संगठनात्मक तयारीलाई थप प्रभावकारी बनाउने पार्टीको अपेक्षा छ भेलाको व्यवस्थापन, सुरक्षा, स्वास्थ्य सेवा तथा सहभागी परिचयपत्र वितरणको तयारी पूरा भएको आचार्यले बताए । सुरक्षाका लागि १९० जना स्वयंसेवक परिचालन गरिनेछ । कार्यक्रमस्थलको मुख्य प्रवेशद्वारमा स्वास्थ्य सहायता कक्ष राखिने र सवारीसाधन पार्किङको व्यवस्था पार्टी केन्द्रीय कार्यालय च्यासलमा मिलाइएको उनले जानकारी दिए ।सहभागीले आवासको व्यवस्था आफैँ गर्नुपर्ने भए पनि त्यसो गर्न नसक्नेहरूका लागि सम्बन्धित जिल्ला सम्पर्क कमिटीले समन्वय गर्ने एमालेले जनाएको छ ।

उद्घाटन समारोहमा सञ्चारकर्मीलाई समाचार संकलन तथा श्रव्यदृश्य सामग्री छायांकनका लागि सभाहलमा पहुँच दिइनेछ । बन्दसत्रका गतिविधिबारे भने पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले मिडिया सेन्टरमार्फत नियमित जानकारी गराउने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

कार्तिक २७,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीश पदमा चार जनालाई नियुक्त गरेका छन्।

सार्वजनिक खरिदका श्रमिकलाई न्यूनतम पारिश्रमिक तोकियो, अदक्ष कामदारको दैनिक १७४० पुग्यो

कार्तिक २३, २०८३, काठमाडौं । सरकारले सार्वजनिक खरिदअन्तर्गत सञ्चालन हुने सम्पूर्ण आयोजना तथा कार्यक्रममा आबद्ध

यूएईविरुद्ध पनि नेपालको कमजोर ब्याटिङ, १५३ रनमै अलआउट

  २०८३ कार्तिक २२ गते काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले संयुक्त अरब

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपबारे सरोकारवालाको ध्यानाकर्षण

कार्तिक  १९, काठमाडौं । काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरूले प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढ्दै गएको

ट्रेड युनियन अधिकार कमजोर पार्ने सरकारी निर्णय फिर्ता लिन अन्तर्राष्ट्रिय श्रमिक संगठनहरूको माग

कार्तिक १९,काठमाडौं । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ एसिया–प्रशान्त क्षेत्र (आईटीयूसी–एपी) सहित विभिन्न अन्तर्राष्ट्रिय श्रमिक संगठनहरूले

समाचारप्रति सर्वोच्चको ध्यानाकर्षण, निष्पक्ष छानबिन गर्न आग्रह

१६ कात्तिक २०८३, काठमाडौं । प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम तथा