
काठमाडौं जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूबीच सिंहदरबारमा सामूहिक भेटवार्ता भएको छ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार उक्त संवादमा मुख्यतः तीनवटा विषयमा छलफल केन्द्रित रहेको छ:
नेपालका वर्तमान प्राथमिकताहरूका बारेमा कूटनीतिक नियोगहरूलाई अवगत गराउने,
द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र प्रगाढ तुल्याउने,
नेपाल र ईयू देशहरूबीच आपसी सहकार्यका विविध पक्षहरूलाई अघि बढाउने।
प्रधानमन्त्री शाहले विदेशी कूटनीतिज्ञहरूसँग सामूहिक संवाद गरेको यो पहिलो पटक भने होइन। यसअघि गत चैत २५ गते पनि उहाँले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटघाट र छलफल गर्नुभएको थियो।
१६ कात्तिक २०८३, काठमाडौं । प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम तथा
काठमाडौँ, १३ कात्तिक। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको नाम जोडिएर
कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी
कार्तिक १०, काठमाडौँ । नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिलाई लिएर
८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न
२९ असोज २०८३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न, केवाईसी अद्यावधिक गर्न तथा