दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ। प्रतियोगितामा नेपाली खेलाडी दुर्गा पन्तले स्वर्ण पदक जित्दै नेपाललाई गौरव दिलाएकी छन्।

नेपालले एक स्वर्ण, ५९ रजत र २१ कास्यसहित कुल ८१ पदक जित्दै पदक संख्याका आधारमा दोस्रो स्थान सुरक्षित गरेको छ भने स्वर्ण पदकका आधारमा पाँचौं स्थानमा रहेको छ। प्रतियोगितामा ७९ राष्ट्रले सहभागिता जनाएका थिए।

आयोजक भारतले १०२ स्वर्णसहित पहिलो स्थान हासिल गरेको छ। जापान तीन स्वर्णसहित दोस्रो, अर्जेन्टिना दुई स्वर्णसहित तेस्रो र सिंगापुर दुई स्वर्णसहित चौथो स्थानमा रहे। नेपालपछि उज्बेकिस्तान, जाम्बिया, इन्डोनेसिया, अमेरिका र रसिया शीर्ष दसमा परेका छन्।

नेपालका खेलाडीहरूले सीमित स्रोत–साधन र स्वयंसेवी अभ्यासका बीच उत्कृष्ट प्रदर्शन गरेको सहभागीहरूको भनाइ छ। विभिन्न विधामा नेपाली खेलाडीहरूले उल्लेखनीय सफलता हासिल गर्दै अन्तर्राष्ट्रिय योग प्रतिस्पर्धामा नेपालको उपस्थिति बलियो बनाएका छन्।

प्रतियोगितामा सहभागीमध्ये १० राष्ट्रले मात्रै स्वर्ण पदक जित्न सफल भएका थिए भने ६९ राष्ट्र स्वर्ण पदकविहीन बनेका थिए। यसलाई नेपाली योग समुदायले ठूलो उपलब्धि र भविष्यका लागि प्रेरणादायी उपलब्धिका रूपमा लिएको छ।

योगलाई नेपालको प्राचीन ज्ञान, संस्कृति र साधनासँग जोडिएको भन्दै सरोकारवालाले राज्यले यस क्षेत्रको संरक्षण, प्रवर्द्धन र खेलाडी प्रोत्साहनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्।

नेपालका लागि दुर्गा पन्तको स्वर्ण पदकसहितको यो उपलब्धि नेपाली योग खेलकुद इतिहासमा स्मरणीय सफलता बनेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट