दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ। प्रतियोगितामा नेपाली खेलाडी दुर्गा पन्तले स्वर्ण पदक जित्दै नेपाललाई गौरव दिलाएकी छन्।

नेपालले एक स्वर्ण, ५९ रजत र २१ कास्यसहित कुल ८१ पदक जित्दै पदक संख्याका आधारमा दोस्रो स्थान सुरक्षित गरेको छ भने स्वर्ण पदकका आधारमा पाँचौं स्थानमा रहेको छ। प्रतियोगितामा ७९ राष्ट्रले सहभागिता जनाएका थिए।

आयोजक भारतले १०२ स्वर्णसहित पहिलो स्थान हासिल गरेको छ। जापान तीन स्वर्णसहित दोस्रो, अर्जेन्टिना दुई स्वर्णसहित तेस्रो र सिंगापुर दुई स्वर्णसहित चौथो स्थानमा रहे। नेपालपछि उज्बेकिस्तान, जाम्बिया, इन्डोनेसिया, अमेरिका र रसिया शीर्ष दसमा परेका छन्।

नेपालका खेलाडीहरूले सीमित स्रोत–साधन र स्वयंसेवी अभ्यासका बीच उत्कृष्ट प्रदर्शन गरेको सहभागीहरूको भनाइ छ। विभिन्न विधामा नेपाली खेलाडीहरूले उल्लेखनीय सफलता हासिल गर्दै अन्तर्राष्ट्रिय योग प्रतिस्पर्धामा नेपालको उपस्थिति बलियो बनाएका छन्।

प्रतियोगितामा सहभागीमध्ये १० राष्ट्रले मात्रै स्वर्ण पदक जित्न सफल भएका थिए भने ६९ राष्ट्र स्वर्ण पदकविहीन बनेका थिए। यसलाई नेपाली योग समुदायले ठूलो उपलब्धि र भविष्यका लागि प्रेरणादायी उपलब्धिका रूपमा लिएको छ।

योगलाई नेपालको प्राचीन ज्ञान, संस्कृति र साधनासँग जोडिएको भन्दै सरोकारवालाले राज्यले यस क्षेत्रको संरक्षण, प्रवर्द्धन र खेलाडी प्रोत्साहनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्।

नेपालका लागि दुर्गा पन्तको स्वर्ण पदकसहितको यो उपलब्धि नेपाली योग खेलकुद इतिहासमा स्मरणीय सफलता बनेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत पाटनमा अब फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरिने

असोज १८, काठमाडौं । उच्च अदालत पाटनले प्रमाणीकरण भएका फैसलालाई विद्युतीय प्रणालीमा प्रविष्ट गरी अभिलेखीकरण

हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन, जलवायु न्याय र त्रिदेशीय संयन्त्रको जोडदार माग

जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

 असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध