बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्था गरेपछि ऊर्जा क्षेत्रका विज्ञ र सरोकारवालाले विरोध जनाएका छन्।

आर्थिक विधेयक, २०८३ मार्फत विद्युत्को अन्तिम उपभोगमा ५ प्रतिशत भ्याट लगाउने व्यवस्था गरिएको हो। सरकारले विद्युतीय चुलोलगायत उपकरण प्रयोग बढाएर एलपी ग्यास प्रतिस्थापन गर्ने नीति लिइरहेका बेला यस्तो निर्णयले विद्युत् खपत विस्तारको अभियान प्रभावित हुने सरोकारवालाको भनाइ छ।

पूर्वऊर्जामन्त्री कुलमान घिसिङले सामाजिक सञ्जालमार्फत उक्त निर्णय आम उपभोक्ताको हित, ऊर्जा रूपान्तरण र स्वदेशी स्वच्छ ऊर्जाको उपयोग बढाउने राष्ट्रिय लक्ष्यविपरीत रहेको टिप्पणी गरेका छन्। उनले यसले लाखौँ परिवारको मासिक खर्च बढाउनुका साथै उपभोक्तालाई पुनः एलपी ग्यासतर्फ आकर्षित गर्न सक्ने बताएका छन्।

जनताका लागि ऊर्जा, वातावरण तथा विकास संस्थाका प्रमुख कार्यकारी अधिकृत विराज गौतमले पनि सरकारको कदमलाई प्रतिगामी भन्दै हरित ऊर्जा प्रवर्द्धनको अभियानमा बाधा पुग्ने बताएका छन्।

नेपाल विद्युत् प्राधिकरणका करिब ६० लाख ग्राहकमध्ये अनुमानित २० लाखभन्दा बढी घरधुरी मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने भएकाले उनीहरू प्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने बताइएको छ।

यता उद्योगीहरूले भने भ्याट क्रेडिट समायोजन हुने भएकाले औद्योगिक ग्राहकलाई ठूलो असर नपर्ने बताएका छन्। नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष राजेशकुमार अग्रवालले नयाँ व्यवस्थाबारे थप स्पष्ट व्याख्या आवश्यक रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मानव अधिकार परिषद्मा नेपाल निर्वाचित, एसिया–प्रशान्त क्षेत्रबाट सर्वाधिक १७३ मत

असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा

अख्तियारकी आयुक्त अमात्य र प्रदीप अधिकारीबीचको अडियोले घुस र अनुसन्धानको सूचना चुहावटमाथि प्रश्न

आश्विन २६,काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.

उपत्यकाका ६ स्थानबाट १३ ब्रान्डका ग्यास सिलिन्डर साट्न सकिने

काठमाडौँ, असोज २४। उपत्यकामा एउटा ब्रान्डको ग्यास सिलिन्डर अर्कोसँग सहजै साट्न नपाएर हैरानी खेपिरहेका उपभोक्ताका

उच्च अदालत पाटनमा अब फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरिने

असोज १८, काठमाडौं । उच्च अदालत पाटनले प्रमाणीकरण भएका फैसलालाई विद्युतीय प्रणालीमा प्रविष्ट गरी अभिलेखीकरण

हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन, जलवायु न्याय र त्रिदेशीय संयन्त्रको जोडदार माग

जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

 असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी