November 26, 2026

आईजीपी विवाद: सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

 

काठमाडौँ, मंसिर ९ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको रिट निवेदनमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि तत्काल अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको हो ।यो आदेशसँगै मुद्दाको अन्तिम किनारा नलागेसम्म नवनियुक्त आईजीपी डा. मनोजकुमार केसी नै पदमा निरन्तर रहने भएका छन् । गत कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्दै डा. केसीलाई आईजीपीमा नियुक्त गरेको थियो । उक्त निर्णयविरुद्ध कार्कीले उत्प्रेषणको आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

अदालतले सुविधा सन्तुलनको दृष्टिले अन्तरिम आदेश जारी नगर्न मुख्यतया तीनवटा आधार लिएको छ । पहिलो, डा. केसीले कात्तिक १८ गते नै नियुक्ति बुझेर कार्यभार सम्हालिसकेकाले तत्काल पुरानो स्थितिमा फर्काउन नमिल्ने देखिएको छ । दोस्रो, प्रहरी संगठनको नेतृत्वमा तत्काल हस्तक्षेप गर्दा देशको शान्ति सुरक्षा र ‘चेन अफ कमान्ड’मा असर पर्न सक्नेतर्फ इजलासले सतर्कता अपनाएको छ । तेस्रो, रिटमा उठाइएका कानूनी प्रश्नहरू प्रारम्भिक चरणमा नभई अन्तिम सुनुवाइबाटै निरूपण हुने प्रकृतिको देखिएको अदालतको ठहर छ ।

अन्तरिम आदेश जारी नगरे पनि विवादलाई लामो समय अल्झाउन नहुनेमा अदालतले गम्भीरता देखाएको छ । इजलासले सरकार, प्रहरी प्रधान कार्यालय र डा. केसीबाट लिखित जवाफ प्राप्त भएको वा म्याद नाघेको ७ दिनभित्रै ‘पेसी हटाउन नपाउने गरी’ अन्तिम सुनुवाइका लागि पेस गर्न कडा निर्देशनात्मक आदेश दिएको छ ।

बुधबारको सुनुवाइमा निवेदक कार्कीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, बद्रीबहादुर कार्की, सतिसकृष्ण खरेल, पूर्णमान शाक्य र डा. दिनमणी पोखरेललगायतले बहस गरेका थिए । त्यसैगरी सरकारी पक्षबाट महान्यायाधिवक्ता डा. नारायणदत्त कडेल, प्रहरी प्रधान कार्यालयबाट अधिवक्ता करुणाकर मल्लिक र डा. केसीका तर्फबाट वरिष्ठ अधिवक्ता तुलसी भट्टलगायतले बहस पैरवी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

 मङ्सिर ९,काठमाडौँ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आजदेखि लैङ्गिक

भारतद्वारा नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ आर्थिक सहयोग घोषणा

काठमाडौँ, मङ्सिर ७ । भारतले नेपाललाई २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ (१ खर्ब ५०

नेपाल–भारतबीच विभिन्न आठ विषयमा समझदारी

काठमाडौँ, मङ्सिर ७ । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच द्विपक्षीय सहयोग

काठमाडौँमा जलवायु कार्य सप्ताह सुरु, १० बालबालिकालाई ‘सद्भावनादूत’ बनाइने

  काठमाडौँ, मङ्सिर ७ । काठमाडौँ महानगरपालिकाले स्थानीय तहमा जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनका

रसुवा–भोटेकोशी बाढीमा बेपत्ताको दाबी पेस गर्न दोस्रो सूचना जारी

काठमाडौँ, मङ्सिर ६ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता

एकता र निर्वाचनको कसीमा एमालेको राष्ट्रिय भेला

मंसिर ३, २०८३, काठमाडौ । एकताबद्ध सन्देश र भावी चुनावी तयारीसँगै कार्यान्वयनको विश्वसनीयता नै यस