काठमाडौँ, मङ्सिर ७ । काठमाडौँ महानगरपालिकाले स्थानीय तहमा जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनका प्रयासलाई प्रभावकारी बनाउन सोमबारदेखि साताव्यापी ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ सुरु गरेको छ ।
महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलका अनुसार जलवायु परिवर्तनको असर प्रत्यक्ष भोगिरहेकाले अब ‘गरौँला र हेरौँला’ भनेर बस्ने अवस्था नरहेको र तत्काल काममै उत्रिनुपर्छ भन्ने सन्देश दिन ‘कार्य सप्ताह’ आयोजना गरिएको हो ।
सप्ताहको उद्घाटन सत्रमा भोटेकोशी बाढी प्रभावित क्षेत्रसहित विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले जलवायु अनुकूलनका अनुभव आदानप्रदान गर्नेछन् । सोही अवसरमा राष्ट्रिय सभागृहबाट ‘रिचार्ज काठमाडौँ अभियान’ को औपचारिक सुरुवात गरिनेछ । महानगरभरिका विद्यालयमा भूमिगत जल पुनःभरण (रिचार्ज) गर्न सकिने स्थानहरूको अध्ययन पूरा भइसकेको कार्यवाहक प्रमुख डङ्गोलले जानकारी दिइन् ।
सप्ताहव्यापी कार्यतालिका
दोस्रो दिन (जलवायु वित्त): अन्तर्राष्ट्रिय जलवायु कोष, हरित नगर ऋणपत्र तथा सरकारी र निजी क्षेत्रको लगानी परिचालनबारे विज्ञहरूसँग छलफल हुनेछ ।
तेस्रो दिन (नागरिक विज्ञान र सम्पदा): परम्परागत हिटी प्रणालीको संरक्षण, सम्पदा क्षेत्रको पदयात्रा, भूमिगत जल पुनःभरण र पानीको गुणस्तर परीक्षणको प्रयोगात्मक प्रदर्शन गरिनेछ ।
चौथो दिन (ऊर्जा र फोहोर व्यवस्थापन): स्वच्छ ऊर्जा, विद्युतीय सवारी र ऊर्जा भण्डारणबारे समानान्तर सत्र चल्नेछन् भने सोही दिन टेकुस्थित बायोग्यास प्लान्टको उद्घाटन गरिनेछ ।
पाँचौँ दिन (बालबालिका तथा युवा दिवस): ५० भन्दा बढी विद्यालयमा एकैसाथ फोहोर वर्गीकरण, वृक्षरोपण योजना र विद्यार्थीका हरित आविष्कारहरूको प्रदर्शनी आयोजना हुनेछ ।
छैटौँ र सातौँ दिन: छैटौँ दिन खाद्य प्रणालीमा जलवायु परिवर्तनको असर र अन्तिम दिन नागरिक समाज, गैरसरकारी तथा अन्तरसरकारी संस्थाको दायित्वबारे विमर्श गरी सप्ताह समापन गरिनेछ ।
‘जलवायुका लागि बालबालिका’ भिडियो प्रतियोगिता सप्ताहकै अवसरमा महानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयका कक्षा ६ देखि १२ सम्मका विद्यार्थीका लागि भिडियो प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ३० हजार, तृतीयलाई २० हजार र सान्त्वना स्थान हासिल गर्ने सात जनालाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
उत्कृष्ट स्थान हासिल गर्ने १० जना विद्यार्थीलाई वर्षभरि सिर्जनात्मक अभियानमा सक्रिय गराउन ‘काठमाडौँ महानगरपालिकाका लागि जलवायु परिवर्तन सद्भावनादूत’ को उपाधिसमेत प्रदान गरिने महानगरले जनाएको छ ।
काठमाडौँ, मङ्सिर ६ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता
मंसिर ३, २०८३, काठमाडौ । एकताबद्ध सन्देश र भावी चुनावी तयारीसँगै कार्यान्वयनको विश्वसनीयता नै यस
काठमाडौँ, मङ्सिर ३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले पर्यटन,
मंसिर ३, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि विशेष कार्ययोजना सार्वजनिक
२०८३ कात्तिक ३०,काठमाडौं । नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय
कार्तिक २७,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीश पदमा चार जनालाई नियुक्त गरेका छन्।