भारतद्वारा नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ आर्थिक सहयोग घोषणा

काठमाडौँ, मङ्सिर ७ । भारतले नेपाललाई २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ (१ खर्ब ५० अर्ब भारतीय रुपैयाँ) बराबरको आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा सोमबार नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त सहयोग प्याकेज घोषणा गरेका हुन् ।

घोषित रकममा सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) र अनुदानको हिस्सा औपचारिक रूपमा नखुलाइए पनि १ खर्ब भारु ऋण र ५० अर्ब भारु अनुदान रहेको उच्च स्रोतले जनाएको छ । नेपालले १ खर्ब भारु ऋण र १ खर्ब भारु अनुदान गरी कुल २ खर्ब भारु सहयोगका लागि भारतसमक्ष प्रस्ताव पेस गरेको थियो । भारतले नेपालको प्रस्तावबमोजिम नै ऋण रकम स्वीकृत गरे पनि अनुदानको हिस्सा भने आधा घटाएको हो ।

नेपालले माग गरेको १ खर्ब भारु अनुदानमध्ये ५० अर्ब रसुवा–भोटेकोशी बाढीपछिको पुनर्निर्माण र बाँकी ५० अर्ब बुटवल–पोखरा एक्सप्रेस–वे निर्माणमा खर्च गर्ने प्रस्ताव राखेको थियो । यद्यपि, भारतीय प्रधानमन्त्री मोदीले कुन परियोजनामा कति रकम विनियोजन हुने भन्ने विवरण खुलाएका छैनन् ।

 भारतले नेपालका लागि हालसम्म चारवटा ‘लाइन अफ क्रेडिट’ घोषणा गरिसकेको छ । सन् २०१४ मा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा घोषित १ अर्ब अमेरिकी डलरको सहुलियतपूर्ण ऋणलाई सन् २०१५ को भूकम्पपछि पुनर्निर्माणमा रूपान्तरण गरिएको थियो । उक्त रकममध्ये २५ करोड डलर अनुदान पूर्ण रूपमा खर्च भए पनि ७५ करोड डलर ऋणमध्ये करिब ५ करोड डलर मात्रै उपयोग हुन सक्यो ।

भारतीय ऋणअन्तर्गत बन्ने आयोजनामा ७५ प्रतिशत सामग्री तथा सेवा भारतीय नै प्रयोग गर्नुपर्ने बाध्यकारी सर्तका कारण करिब ८५ अर्ब भारु बराबरको ऋण खर्च हुन नसकेको अर्थ मन्त्रालय स्रोतको भनाइ छ । सोही कारण नेपालले दुई वर्षअघि वि.सं २०८१  प्रयोगमा नआएको ९० करोड डलर बराबरको लाइन अफ क्रेडिट रद्द गरेको थियो । उक्त रद्द गरिएको रकममा करिब १० करोड डलर थपेर १ खर्ब भारुको नयाँ ऋण सम्झौता गर्न नेपालले गरेको आग्रहमा भारत सहमत भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपाल–भारतबीच विभिन्न आठ विषयमा समझदारी

काठमाडौँ, मङ्सिर ७ । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच द्विपक्षीय सहयोग

काठमाडौँमा जलवायु कार्य सप्ताह सुरु, १० बालबालिकालाई ‘सद्भावनादूत’ बनाइने

  काठमाडौँ, मङ्सिर ७ । काठमाडौँ महानगरपालिकाले स्थानीय तहमा जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनका

रसुवा–भोटेकोशी बाढीमा बेपत्ताको दाबी पेस गर्न दोस्रो सूचना जारी

काठमाडौँ, मङ्सिर ६ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता

एकता र निर्वाचनको कसीमा एमालेको राष्ट्रिय भेला

मंसिर ३, २०८३, काठमाडौ । एकताबद्ध सन्देश र भावी चुनावी तयारीसँगै कार्यान्वयनको विश्वसनीयता नै यस

नयाँदिल्लीमा ‘नेपाल कलिङ’ : पर्यटन र हवाई सम्पर्कमार्फत द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन मन्त्री पौडेलको जोड

काठमाडौँ, मङ्सिर ३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले पर्यटन,

काठमाडौँमा वायु प्रदूषण नियन्त्रण कार्ययोजना आउँदै

मंसिर ३, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि विशेष कार्ययोजना सार्वजनिक