मङ्सिर ९,काठमाडौँ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आजदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
अभियानको शुभारम्भका अवसरमा काठमाडौँको माइतीघर मण्डलाबाट प्रभातफेरी (र्याली) निकालिएको थियो । र्यालीमा राष्ट्रिय महिला आयोग, नेपाल प्रहरी, विभिन्न सङ्घसंस्था, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । माइतीघरबाट सुरु भएको उक्त र्याली भृकुटीमण्डप पुगेर औपचारिक सभामा परिणत भएको थियो ।
भृकुटीमण्डपमा आयोजित सभालाई सम्बोधन गर्दै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा अन्त्यका लागि राज्यका सबै निकाय र नागरिक समाज एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
“लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता: पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता” भन्ने मूल नाराका साथ सुरु भएको यो अभियान आगामी मङ्सिर २४ गतेसम्म देशभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी सञ्चालन हुनेछ ।
काठमाडौँ, मङ्सिर ७ । भारतले नेपाललाई २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ (१ खर्ब ५०
काठमाडौँ, मङ्सिर ७ । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच द्विपक्षीय सहयोग
काठमाडौँ, मङ्सिर ७ । काठमाडौँ महानगरपालिकाले स्थानीय तहमा जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनका
काठमाडौँ, मङ्सिर ६ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता
मंसिर ३, २०८३, काठमाडौ । एकताबद्ध सन्देश र भावी चुनावी तयारीसँगै कार्यान्वयनको विश्वसनीयता नै यस
मंसिर ३, काठमाडौं । पूर्वमुख्य सचिव एकनारायण अर्यालविरुद्ध वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकमाथि भएको