
उदयपुरा, वैशाख २० । स्थानीय तहको निर्वाचन यहि बैशाख ३१ गते हुने पक्का भएपछि यतिबेला देशका बिभिन्न स्थानमा आतङ्ककारी तथा चुनाव विरोधी समूहले बमको सन्त्रास फैलाउन थालिसकेका छन् । चुनाव बिथोल्नका लागि त्यस्ता समूह यतिबेला निकै सक्रिया हुन थालेका छन् । जव देशमा परिवर्तनका केहि कदमहरु चाल्न सुरु हुन्छ तव त्यस्ता आततायी समूह सक्रिय हुने गरेको हाम्रा सामू थुप्रै उदाहरणहरु छन् ।
विशेषगरी चुनावको मुखमा यस्ता खाले घटनाहरु बारम्बार दोहोरिनु सुरक्षाकर्मीहरुका लागि मात्र नभएर आम मतदाता तथा जनताका लागिसमेत टाउको दुखाइको विषय बनेको छ । यसखाले प्रबृत्तिले गर्दा जनताको राजनीतिप्रति घृणा पैदा हुनुका साथै आफ्नो मतदानको अधिकार प्रयोग गर्नबाट पनि जनता बन्चित हुने छन् । जनता भोट हाल्ने दिन आफुहरुमाथि कुनै अप्रिय घटना होला कि, मतदान स्थाल जाने बाटोमा बम पड्किने हो कि भन्ने त्रासमा छन् ।
चुनावको बेलामा हुन सक्ने अप्रत्यासित घटनाहरु रोक्न र त्यसका मुकाबिला गर्न सरकारले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तैनाथ गरेको छ । तर अतंकारी तथा चुनाव बिरोधी तत्वहरु लुकीछिपी सार्वजिनक स्थालमा र मतदान केन्द्र र त्यस नजिकैको स्थानमा बम प्रहार गर्ने र संकास्पद बस्तु राख्ने गरेको हामीले बिगतमा पनि देख्दै र सुन्दै आएका छौँ ।
यसै सन्दर्भमा उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–२ स्थित सिरबानी गाउँको एक कृषकको घरनजिकै भेटिएका ६ थान सकेट बमलाई मङ्गलबार नेपाली सेनाको भवानी दल गुल्म, ताराघारी, कटारीको टोलीले नष्ट गरेको छ ।
नेपाली सेना भवानी दल गण, उदयपुर बोक्सेका अनुसार स्थानीय एक कृषकको घरनजिकै बमजस्तो वस्तु देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए भने प्रहरीले तत्काल सेनालाई खबर गरेको थियो ।
भवानी दल गुल्म ताराघारी कटारीका क्याप्टेन भरत गिरीको नेतृत्वमा गएको ६ जनाको बम डिस्पोजल टोलीले घटनास्थलमा गएर बम नष्ट गरेको भवानी दल गण उदयपुर बोक्सेका प्रमुख सेनानी सुमन खड्काले बताउनुभएको छ ।
बम विगतमा माओबादी द्वन्द्वकालमा छाडिएको वा कसैले लुकाएको हो यस विषयमा भने अध्ययन भइरहेको पनि सेनाले बताएको छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा