अनैतिक सम्बन्धबाट गर्व रहेको र समाजले थाहा पाउने डरले बच्चा जन्माएर खोलामा फ्यालेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा रहेका बेला परपुरुषसंगको अनैतिक सम्बन्धबाट बच्चा जन्माएर खोलामा फ्याक्ने पाँचथर रवी – ९ निवासी यमुना न्यौपाने अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । २७ वर्षीया न्यौपानेका श्रीमान रोजगारीका सिलशिलामा गत भदौ महिनामा साउदी अरब गएको प्रहरीले जनाएको छ । श्रीमान् रोगजारीका सिलसिलामा साउदी गएपछि माइती घर दमक–६ वस्दैै आएकी अधिकारीले दमकस्थित रतुवा खोलाको पुलमुनी झाडीमा सालनाल सहितको बच्चा गत २७ गते बिहिबार फ्यालेको अवस्थामा शिशुको शव स्थानीयवासीले फेला पारेका थिए । खोलामा नवजात शिशुको शव फेला परेलगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासीले प्रहरीलाई खवर गरे लगत्तै शिशुको शवको आवश्यक प्रक्रिया पूरा गरी पोष्र्टमाटम गरिएको र फरार महिलाको खोजी कार्य जारी राखिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताउनुभयो । सोही क्रमम विशेष सुराकीको आधारमा ति महिलालाई पक्राउ गरिएको हो–प्रहरी नायब उपरीक्षक लिम्बूले भन्नुभयो । पक्राउ परेकी महिलालाई इलाका प्रहरी कार्यालय दमकमा राखेर आवश्यक अनुसन्धान भइरहेको र गर्व पतन सम्बन्धीको महलमा उनलाई मुद्धा चलाउने तयारी गरेका छौं – प्रहरी नायव उपरीक्षक लिम्बूले भन्नुभयो ।( सुरेन्द्र भण्डारी–रासस)
काठमाडौँ, १३ कात्तिक। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको नाम जोडिएर
कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी
कार्तिक १०, काठमाडौँ । नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिलाई लिएर
८ कार्तिक २०८३ नेपालको न्यायप्रणाली परम्परागत रूपमा कागजी कार्यविधि, भौतिक उपस्थिति र प्रशासनिक ढिलासुस्तीबाट गुज्रिँदै
२०८३ कार्तिक ८, काठमाडौं । पीएचपी प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी भेटिएपछि नेपालका अधिकांश सरकारी वेबसाइट
८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न