February 14, 2017

श्रीमान खाडीमा बच्चा झडीमा

अनैतिक सम्बन्धबाट गर्व रहेको र समाजले थाहा पाउने डरले बच्चा जन्माएर खोलामा फ्यालेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा रहेका बेला परपुरुषसंगको अनैतिक सम्बन्धबाट बच्चा जन्माएर खोलामा फ्याक्ने पाँचथर रवी – ९ निवासी यमुना न्यौपाने अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । २७ वर्षीया न्यौपानेका श्रीमान रोजगारीका सिलशिलामा गत भदौ महिनामा साउदी अरब गएको प्रहरीले जनाएको छ । श्रीमान् रोगजारीका सिलसिलामा साउदी गएपछि माइती घर दमक–६ वस्दैै आएकी अधिकारीले दमकस्थित रतुवा खोलाको पुलमुनी झाडीमा सालनाल सहितको बच्चा गत २७ गते बिहिबार फ्यालेको अवस्थामा शिशुको शव स्थानीयवासीले फेला पारेका थिए । खोलामा नवजात शिशुको शव फेला परेलगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासीले प्रहरीलाई खवर गरे लगत्तै शिशुको शवको आवश्यक प्रक्रिया पूरा गरी पोष्र्टमाटम गरिएको र फरार महिलाको खोजी कार्य जारी राखिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताउनुभयो । सोही क्रमम विशेष सुराकीको आधारमा ति महिलालाई पक्राउ गरिएको हो–प्रहरी नायब उपरीक्षक लिम्बूले भन्नुभयो । पक्राउ परेकी महिलालाई इलाका प्रहरी कार्यालय दमकमा राखेर आवश्यक अनुसन्धान भइरहेको र गर्व पतन सम्बन्धीको महलमा उनलाई मुद्धा चलाउने तयारी गरेका छौं – प्रहरी नायव उपरीक्षक लिम्बूले भन्नुभयो ।( सुरेन्द्र भण्डारी–रासस)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट