पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा कार्यकारिणी परिषद् (पार्षद) निर्वाचनका लागि  उम्मेदवारी दर्ता सम्पन्न भएको छ। यसपटकको निर्वाचनमा पहिलो पटक स्वतन्त्र कानून व्यवसायी मञ्चले अध्यक्षदेखि पार्षदसम्म सबै पदमा पूर्ण प्यानलसहित उम्मेदवारी दर्ता गराएको जनाएको छ। यसअघि उक्त बारमा प्रायः पिपिएलएको नेतृत्व रहँदै आएको र अन्य समूहले पूर्ण प्यानलसहित प्रतिस्पर्धा नगरेको मञ्चको दाबी छ।

निर्वाचनमा पिपिएलए गठबन्धनसहित, स्वतन्त्र कानून व्यवसायी मञ्च र डिएलए आफ्ना–आफ्नै प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। स्वतन्त्र मञ्चका अध्यक्ष पदका उम्मेदवार भेषराज पोखरेलले संस्थागत सुशासन, व्यावसायिक स्वतन्त्रता, युवा कानून व्यवसायीको अवसर, महिला सहभागिता तथा पेशागत अधिकार संरक्षणलाई आफ्नो मुख्य एजेन्डा बनाइएको बताउनुभयो।

स्वतन्त्र कानून व्यवसायी मञ्चका कार्यवाहक अध्यक्ष हरिचन्द्र भट्टराईले पहिलो पटक पूर्ण प्यानलसहित उम्मेदवारी दर्ता हुनु उच्च अदालत बार एशोसिएशन पाटनको निर्वाचन इतिहासमा लोकतान्त्रिक प्रतिस्पर्धाको नयाँ अध्याय भएको दाबी गर्नुभयो।

स्वतन्त्र कानुन व्यवसायी मञ्च” समूहका  उम्मेदवारहरू:
अध्यक्ष क्र.सं. (२ ) भेषराज पोख्रेल
उपाध्यक्ष क्र.सं. (२) टीकाराम पोख्रेल
सचिव क्र.सं. (२) बिदुर प्रसाद अधिकारी(बि पि)
सह-सचिव क्र.सं. (२) स्वेता कुमारी(सरित)
काेषाध्यक्ष क्र.सं. (२ ) अंशु न्हिसुतु
महिला सदस्यहरु:(३)
क्र.सं. (४) बिन्द्रा दुमरु
क्र.सं. (५) सुमित्रा पाण्डे
क्र.सं. (६) कृष्ण कुमारी पोख्रेल
खुल्ला सदस्यहरु:-(११)
क्र.सं. १२ जुजुकाजि महर्जन
क्र.सं. १३ भबिन्द्र राई
क्र.सं. १४ केशब पोख्रेल
क्र.सं. १५ निमराज बुढाक्षेत्री
क्र.सं. १६ शुशिला सापकोटा
क्र.सं. १७ सीर्जना सुवेदी
क्र.सं. १८ रुवी श्रेष्ठ लाखे
क्र.सं. १९ विष्णु लम्साल (अनन्त)
क्र.सं. २० सुस्मा पौडेल
क्र.सं. २१ इन्दिरा धमला
क्र.सं. २२ अनिशा चौलागाईं

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज