कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत नेपाली श्रमिकहरूले भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेका छन्।

प्रवासी नेपाली मञ्चको ७ अगस्टमा हुने कार्यक्रममा सहभागी हुन कतार पुगेका नेम्बाङसँग नेपाली प्रवासी श्रमिक संघ, कतारले ६ अगस्टमा भेटघाट कार्यक्रम आयोजना गरेको हो।

संघका अध्यक्ष समुद्र खड्काको अध्यक्षतामा भएको कार्यक्रममा कतारमा कार्यरत नेपाली श्रमिकका हक, हित र अधिकार, सामाजिक तथा श्रम सुरक्षा, रोजगारीको सुरक्षा र वैदेशिक रोजगारीसँग सम्बन्धित विभिन्न समस्याबारे छलफल भएको थियो।

सो अवसरमा अध्यक्ष खड्काले नेपाली श्रमिकका समस्या, माग तथा अधिकारका विषय समेटिएको ज्ञापनपत्र नेम्बाङलाई हस्तान्तरण गर्नुभएको थियो। सहभागी श्रमिकहरूले वैदेशिक रोजगारीमा रहेका नेपालीको रोजगारी सुरक्षा, सामाजिक सुरक्षा, स्वदेश फर्किएपछिको पुनःएकीकरण तथा श्रमिकमैत्री नीति निर्माणलगायतका विषयमा आफ्ना धारणा राखेका थिए।

ज्ञापनपत्र बुझ्दै नेम्बाङले नेपाली श्रमिकका समस्या र अधिकारका विषयलाई गम्भीरतापूर्वक लिँदै आवश्यक विषय सरकार, संसद् तथा सम्बन्धित संसदीय समितिमा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले प्रवासमा रहेर नेपाली श्रमिकको हक, हित र अधिकारका लागि नेपाली प्रवासी श्रमिक संघ, कतारले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै श्रमिकका पक्षमा निरन्तर आवाज उठाउन आग्रह गर्नुभयो।

कार्यक्रमको सहजीकरण संघका महासचिव लोक थापाले गर्नुभएको थियो। अध्यक्ष समुद्र खड्काको धन्यवाद मन्तव्यसँगै कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज