ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा रहेकाले आफूले नेतृत्व नछाड्ने स्पष्ट पारेका छन्। लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको बैठकलाई सम्बोधन गर्न इलाम पुगेका ओलीले पार्टीभित्र नेतृत्व परिवर्तन र पुनर्गठनको चर्चा भइरहेका बेला आफूले पार्टीको नेतृत्वबाट पछि नहट्ने बताएका हुन्।

ओलीले पार्टीमा पछिल्लो समय अनुशासनहीनता र अराजक गतिविधि देखिएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले पार्टी कार्यालयको क्यान्टिनमा बसेर अध्यक्ष हटाउने विषयमा छलफल गर्ने तथा नेताहरूको हस्ताक्षर सङ्कलन गर्ने गतिविधिलाई आपत्तिजनक बताए।

उनले पार्टी पुनर्गठनको बहस गर्नेहरूलाई समेत आलोचना गर्दै पार्टीमा मनपरी र अराजकता स्वीकार्य नहुने बताए।

एमालेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायत केही नेताहरूले ओलीको विकल्प खोज्नुपर्ने धारणा राखिरहेका बेला ओलीले भने नेतृत्व परिवर्तनको प्रयास सफल नहुने दाबी गरे।

उनले पार्टीमाथि बाह्य दबाब र चुनौती बढिरहेको अवस्थामा नेतृत्व परिवर्तनको बहस गर्नु उचित नभएको बताए। पार्टीलाई आगामी केन्द्रीय कमिटीको बैठकपछि थप दृढ अनुशासन र एकताका साथ अघि बढाइने उनको भनाइ छ।

ओलीले पार्टीको नीति, विधि र अनुशासनविपरीत सामाजिक सञ्जाल तथा सार्वजनिक रूपमा अभिव्यक्ति दिने प्रवृत्तिप्रति पनि आपत्ति जनाए। पार्टीमा रहेर काम गर्ने हो भने पार्टीको निर्णय, नीति, नियम र अनुशासन पालना गर्नुपर्ने उनले बताए।

विधि र विधानविपरीत गतिविधि गर्नेहरूमाथि आवश्यक कारबाही गरिने चेतावनी दिँदै ओलीले आफू कार्यकर्ताबाट अत्यधिक मत प्राप्त गरी अर्को महाधिवेशनसम्म पार्टी सञ्चालन गर्ने जिम्मेवारीसहित नेतृत्वमा आएको स्मरण गराए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन, जलवायु न्याय र त्रिदेशीय संयन्त्रको जोडदार माग

जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

 असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई