
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा मातृभाषामा पत्रकारिताको विकास, संरक्षण र प्रवर्द्धनसँगै यस क्षेत्रमा देखिएका चुनौती तथा सम्भावनाबारे छलफल भइरहेको छ। सम्मेलनमा मातृभाषामा पत्रकारिता गर्दै आएका सञ्चारकर्मी, पत्रकार, सञ्चारविद् तथा विभिन्न भाषिक समुदायका प्रतिनिधिहरूको सहभागिता छ।
मातृभाषामा सञ्चार सामग्री उत्पादन तथा प्रकाशनका लागि आवश्यक जनशक्ति, स्रोतसाधन, प्रविधि र आर्थिक व्यवस्थापन सम्मेलनका प्रमुख एजेन्डा रहेका छन्। त्यस्तै, मातृभाषाका सञ्चारमाध्यमलाई संस्थागत रूपमा सुदृढ बनाउने तथा पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने विषयमा पनि छलफल भइरहेको आयोजकले जनाएको छ।
बहुभाषिक र बहुसांस्कृतिक मुलुक नेपालमा विभिन्न समुदायका भाषामा सूचना तथा समाचारको पहुँच विस्तार गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन्। मातृभाषामा पत्रकारिताको विकासले स्थानीय समुदायका समस्या, संस्कृति, परम्परा र पहिचानलाई सञ्चारको मूलधारमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ छ।सम्मेलनमा डिजिटल माध्यममा मातृभाषाको प्रयोग विस्तार गर्ने विषयलाई समेत प्राथमिकता दिइएको छ। अनलाइन सञ्चारमाध्यम, सामाजिक सञ्जाल, भिडियो तथा पोडकास्टलगायत डिजिटल प्लेटफर्ममार्फत नयाँ पुस्तासम्म मातृभाषाका सामग्री पुर्याउने सम्भावना र चुनौतीबारे अनुभव आदानप्रदान गरिनेछ।
सम्मेलनको उद्घाटन भने तीन फरक शैलीमा गरिएको थियो। प्रमुख अतिथि कानुनमन्त्री सोबिता गौतमले पानसमा दीप प्रज्वलन गरी सम्मेलनको उद्घाटन गरेकी थिइन्।त्यसपछि जलवायु परिवर्तनको सन्देश प्रवाह गर्ने उद्देश्यले गमलामा पानी हालिएको थियो भने बोन परम्पराका लामाहरूले मातृभाषामा मन्त्र जाप गरेका थिए। कार्यक्रममा नेवा दवूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले सहभागीलाई स्वागत गरेका थिए। सम्मेलनबाट मातृभाषा पत्रकारिताको विकास, संस्थागत सुदृढीकरण तथा पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि नीतिगत र व्यावहारिक सुझाव आउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य
असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई