पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै पत्रकार महासंघको प्रदर्शन

काठमाडौं, २८ साउन — पत्रकार किशोर श्रेष्ठको बिनाशर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसरअगाडि प्रदर्शन तथा धर्ना दिएको छ।

महासंघका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा भएको प्रदर्शनमा सहभागी पत्रकारहरूले प्रेस स्वतन्त्रताको पक्षमा नाराबाजी गर्दै श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेका थिए। शान्तिपूर्ण रूपमा धर्ना बस्न खोज्दा प्रहरीले रोकेपछि केहीबेर प्रहरी र पत्रकारबीच घम्साघम्सीसमेत भएको थियो।

प्रहरीको अवरोधपछि आक्रोशित पत्रकारहरूले ‘प्रहरी दमन मुर्दावाद’ र ‘राज्य आतंक बन्द गर’ लगायतका नारा लगाएका थिए। कालोपट्टी बाँधेर प्रदर्शनमा सहभागी पत्रकारहरूले ‘प्रेस स्वतन्त्रता पुनर्बहाली गर’, ‘पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहा गर’ र ‘पत्रकार तर्साएर प्रेसको मुख थुन्ने प्रयास असम्भव’ लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए। केही प्रदर्शनकारीले बलिरहेको लाल्टिनसमेत बोकेका थिए।

नेपाल प्रहरीले मंगलबार जनआस्था साप्ताहिकका प्रधानसम्पादक श्रेष्ठलाई पक्राउ गरेको थियो। प्रहरीले वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले बुधबार बिहान जनआस्थाको कार्यालयमा समेत खानतलासी गरेको थियो।

श्रेष्ठको पक्राउ तथा जनआस्थाको कार्यालयमा गरिएको खानतलासीको विरोध गर्दै महासंघले तत्काल बिनाशर्त रिहाइको माग गरेको छ। महासंघले माग पूरा नभए थप कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

श्रेष्ठ विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्ष, प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव हुन्। खोजी पत्रकारितामा सक्रिय श्रेष्ठ निर्भीक पत्रकारका रूपमा परिचित छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले