काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा आरोपित ठहर भएका व्यक्तिलाई आफ्नै संयन्त्रमार्फत गठन गरिएको आयोगको आधारमा चोख्याउने प्रयास गरेको आरोप लगाएको छ।
कांग्रेसका प्रवक्ता चालिसेले सरकारले मानव अधिकार उल्लङ्घनका घटनामा आरोपित व्यक्तिलाई जवाफदेही बनाउनुको सट्टा आफूअनुकूल संयन्त्र प्रयोग गरी सफाइ दिने प्रयास गरेको आरोप लगाएका हुन्।
उनले भने, “कसुरजन्य आर्थिक आरोपमात्र होइन, मानव अधिकार आयोगले समेत भदौ २३–२४ को घटनामा आरोपित गरेका व्यक्तिलाई सरकारले आफ्नै संयन्त्रबाट आफूअनुकूल आयोग बनाएर आफैंले चोख्याउने कार्य गर्नुले यो सरकारको निर्लज्जता प्रमाणित भएको छ।”
कांग्रेसले सरकारको यस्तो कदमले जनतामा सरकारप्रतिको विश्वास कमजोर बनेको दाबी गरेको छ। पार्टीले सरकारलाई यस विषयमा स्पष्ट जवाफ दिन, सार्वजनिक जवाफदेहिता निर्वाह गर्न तथा आफ्नो नियतमा स्वच्छता देखाउँदै व्यवहारमा देखिएका कमजोरी तत्काल सुधार गर्न आग्रह गरेको छ।
कांग्रेसले विधिको शासन, मानव अधिकारको सम्मान र जवाफदेही शासन प्रणालीलाई कमजोर बनाउने कुनै पनि कार्य लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने जनाएको छ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज