संवैधानिक इजलास गठनमा बारको आपत्ति

 २९ साउन २०८३, काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनको प्रक्रियाप्रति गम्भीर आपत्ति जनाएका छन्।

शुक्रबार बारमा आयोजित कार्यक्रममा अध्यक्ष मिश्रले संवैधानिक इजलास वरिष्ठताको आधारमा वा गोलाप्रथाबाट गठन हुनुपर्नेमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफूखुसी इजलास गठन गर्ने गरेको आरोप लगाए।

उनले प्रधानन्यायाधीशले निश्चित मुद्दालाई टिप्पणी उठाएर संवैधानिक इजलासमा पठाउने अभ्याससमेत सुरु भएको समाचार सार्वजनिक भएको भन्दै यस विषयमा बार चुप लागेर नबस्ने चेतावनी दिए।

अध्यक्ष मिश्रले भने, “संवैधानिक इजलास कि त वरिष्ठताका आधारमा कि त गोलाप्रथाबाट तय हुनुपर्छ भन्ने हाम्रो आधिकारिक मान्यता हो।”

प्रधानन्यायाधीशको नियुक्तिमा वरिष्ठता मिचिएको र त्यसपछि संवैधानिक इजलास गठनमा समेत स्वेच्छाचारी प्रवृत्ति देखिएको उनको आरोप थियो। यस विषयमा प्रधानन्यायाधीशको ध्यानाकर्षण गराइसकेको उनले जानकारी दिए।

न्यायपालिकामा पछिल्लो समय एकपछि अर्को विवाद थपिँदै गएको भन्दै मिश्रले न्यायपालिका स्वतन्त्र, स्वच्छ र कार्यपालिकाबाट पृथक हुनुपर्नेमा जोड दिए। सरकारका काममाथि संवैधानिक नियन्त्रण कायम गर्दै कानुनबमोजिम न्याय सम्पादन गर्न सक्ने सक्षम न्यायपालिका नै बारको प्राथमिकता रहेको उनले बताए।

न्यायपालिकामाथि कार्यपालिकाको हस्तक्षेप बढ्दै गएको दाबी गर्दै अध्यक्ष मिश्रले न्यायिक स्वतन्त्रता र संवैधानिक इजलास गठन प्रक्रियाबारे बारले निरन्तर निगरानी र खबरदारी गर्ने स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले