‘युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम’

 असार २३, काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम अगाडि बढाउने बताउनुभएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २३ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले देशमै कृषि क्षेत्रमा सम्भावनाको बाटो देखाउन युवालक्षित विशेष कार्यक्रम ल्याउने बताउनुभएको हो ।

उहाँले युवालाई उत्पादन र उद्यमसँंग जोड्न सके मात्र देशको अर्थतन्त्र सुधार भई बढ्दो विदेश पलायन रोकिने बताउनुभयो । गभर्नर अधिकारीले देशमा केही छैन, केही हुँदैन र केही सम्भव छैन भन्ने भाष्यको विकास गराउन खोजिएकोप्रति असहमति जनाउँदै देश सम्भावनाले भरिपूर्ण भए पनि केही साना साना कुराहरूमा सुधार गर्न नसक्दा युवाशक्ति विदेश पलायन हुन बाध्य भएको बताउनुभयो । राष्ट्र बैङ्कले ल्याउने मौद्रिक नीतिमा पनि युवा, महिला, कृषि, उद्यम र उद्यमशीलतालाई जोड दिने उहाँले सङ्केत गर्नुभयो । एक फरक प्रसङ्गमा गभर्नर अधिकारीले व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानको रकम दुरुपयोग भएको भन्ने विषयमा सत्यता नरहेको बताउनुभएको छ । कृषि कर्जाको ब्याजदरमा दिइएको हालसम्मको अनुदान विश्लेषण गर्दा बाहिर आलोचना भए जस्तो दुरुपयोग नदेखिएको र केही व्यक्तिबाट दुरुपयोग भएकोमा त्यसलाई असुल प्रव्रिmया अगाडि बढाइसकेको बताउनुभएको हो ।

सरकारको योजना अनुसार अर्थ मन्त्रालयले युवालाई व्यावसायिक कृषि कर्जा प्रदान गरिने ब्याज अनुदानसम्बन्धी कार्यविधि तयार पारेको र कार्यविधि अनुसार नै अनुदान बाँढिएको गभर्नर अधिकारीले दाबी गर्नुभयो । हालसम्म एक लाख २६ हजार ऋणीले कृषि कर्जामा अनुदान पाएको र त्यस्तो अनुदान पाउने अधिकांश महिला तथा साना किसान रहेको उहाँको भनाइ छ । कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले वास्तविक लाभग्राहीले सरकारी सेवा सुविधा र अनुदान पाउन नसकेको बताउनुभयो ।

उहाँले कृषि कर्जामा दिइएको अनुदान वास्तविक लाभग्राहीले भन्दा पनि पहुँचका आधारमा दुरुपयोग गरेको धारणा राख्नुभएको थियो । विभिन्न सहुलियत कर्जा लक्षित वर्गमा पुग्न नसकेको उहाँको भनाइ छ । साथै नीतिगत स्थायित्वको अभावमा निजी क्षेत्रको मनोबल खस्किँदै गएको र उनीहरूले लगानी गर्न नचाहेको क्षेत्रीले बताउनुभयो ।

त्यस्तै साना किसान विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डा. शिवरामप्रसाद कोइरालाले सरल कर्जा प्रवाहमार्फत युवा उद्यमशीलता विकास, समावेशी वित्तीय पहुँच विस्तारमा संस्थाले महìवपूर्ण भूमिका खेलेको बताउनुभयो । साना किसान विकास लघुवित्तले साना किसान कृषि सहकारीमार्फत कर्जा प्रवाह गर्ने भएकाले उद्यमशीलता विकास र रोजगारी सिर्जनामार्फत आन्तरिक उत्पादन बढाउन ठुलो योगदान गरेको उहाँको भनाइ छ ।

साना किसान लघुवित्तबाट कर्जा पाएकामध्ये ७९ प्रतिशतभन्दा बढी महिला रहेको र देशभरका ५५० स्थानीय तहमा साना किसान लघुवित्तको सेवा पुगिसकेको उहाँले जानकारी दिनुभयो । हाल साना किसानले ११ लाखभन्दा बढी घरपरिवारका ४५ लाख जनसङ्ख्याका सेवा पु¥याएको उहाँको भनाइ छ ।

२३ औँ स्थापना दिवसका अवसरमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाले देशभरबाट दुई वटा संस्थालाई उत्कृष्ट संस्था पुरस्कार प्रदान गरेको छ । यसरी पुरस्कृत हुने संस्थामा सुर्खेतको गुमीमा रहेको परिवर्तन महिला साना किसान कृषि सहकारी संस्था र धनुषाको रघुनाथपुरमा रहेको रघुनाथपुर साना किसान कृषि सहकारी संस्था रहेका छन् । यी दुई संस्थाले आफ्नो लगानीमा रहेको सम्पूर्ण कर्जाको असुली दर एक सय प्रतिशत पूरा गरेका छन् । युवा, महिला, दलित, जनजाति, पिछडिएको वर्गलगायतलाई उत्पादन र उद्यमसँग जोडेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले