
काठमाडौं– चर्चामा रहेको विराटनगर महानगरपालिका र अन्य सात उपमहानगरपालिकामा रोचक भीडन्त देखिएको छ ।
शनिबार दिउँसो २ बजेसम्मको परिणाम अनुसार पूर्वी नेपालको ठूलो शहर विराटनगरमा काँग्रेसको अग्रता छ ।
विराटनगर महानगरपालिकामा कांग्रेसका भीम पुराजुलीको १९५४ मत आएको छ । एमालेका विनोद ढकाललाई १३६६ मत परेको छ । फोरमका उमेशकुमार यादवलाई १०१० मत परेको छ ।
त्यसबाहेक दाङका दुई उपमहानगरपालिकामा एमालेको अग्रता छ । घोराही उपमहानगरपालिकामा कांग्रेसका भूपबहादुर डाँगी को ६०२८ मत र एमालेका नरुलाल चौधरीलाई ७९९० मत परेको छ । माओवादीका जीवन गौतमलाई ३८८० मत प्राप्त भएको छ ।
त्यसैगरी तुल्सीपुर उपमहानगरपालिकामा कांग्रेसका गेहेन्द्र गिरीलाई ३२०० मत, एमालेका घनश्याम पाण्डेलाई ३६८४ मत र माओवादीका शेशुराम भण्डारीलाई ८५४ मत प्राप्त भएको छ ।
उता पूर्वी नेपालको इटहरी उपमहानगरपालिकामा काँग्रेसको अग्रता छ, जहाँ रोहित प्रसाईंलाई ३४१५ र एमालेका द्धारीकालाल चौधरीलाई ३१२८ मत प्राप्त भएको छ ।
नेपालगंज उपमहानगरपालिका काँग्रेस एमालेलाई पछि पार्दे राप्रपा अगाडि छ । राप्रपाका राणालाई ३७२३, कांग्रेसका डा. सुरेन्द्र कुमार कनौडियालाई २१४५, माओवादीका दामोदर आचार्यलाई २००९ मत प्राप्त भएको छ ।
यसबाहेक धरान उपमहानगरपालिकामा कांग्रेसका तीलक राईलाई १९३२, एमालेका तारा सुव्वालाई १६८९ र माओवादीका अइन्द्रविक्रम नेम्वाङलाई ९९७ मत प्राप्त भएको छ ।
धनगढी उपमहानगरपालिकामा काँग्रेस अगाडि छ । कांग्रेस नृप बडलाई २२६६ मत, एमालेका दूर्गा जोशीलाई १९९७ मत र गोपाल हमाल स्वतन्त्रलाई १८३५ मत प्राप्त भएको छ ।
पाँच नम्वर प्रदेशमा रहेको बुटवल उपमहानगरपालिकामा कांग्रेसका खेलराज पाण्डेलाई ४९९८ मत र एमालेका शिवराज सुवेदीलाई ५१०३ मत प्राप्त भएको छ ।
२९ असोज २०८३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न, केवाईसी अद्यावधिक गर्न तथा
असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा
आश्विन २६,काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.
काठमाडौँ, असोज २४। उपत्यकामा एउटा ब्रान्डको ग्यास सिलिन्डर अर्कोसँग सहजै साट्न नपाएर हैरानी खेपिरहेका उपभोक्ताका
असोज १८, काठमाडौं । उच्च अदालत पाटनले प्रमाणीकरण भएका फैसलालाई विद्युतीय प्रणालीमा प्रविष्ट गरी अभिलेखीकरण
जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य