चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित व्यापारीसँग शेयर लगानीसम्बन्धी विषय सार्वजनिक भएपछि उत्पन्न परिस्थितिको नैतिक जिम्मेवारी लिँदै उनले बुधबार पद त्याग गरेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गर्दै प्रधानमन्त्रीसमक्ष पत्र पठाएपछि गुरुङले राजीनामा दिएका हुन्। एक अनलाइन सञ्चारमाध्यमले विवादित व्यापारी दीपक भट्टसँगको सम्भावित साझेदारीका प्रमाण सार्वजनिक गरेपछि उनी आलोचनामा तानिएका थिए।

राजीनामा वक्तव्यमा गुरुङले चैत १३ गतेदेखि गृहमन्त्रीको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेको उल्लेख गर्दै पछिल्लो समय उठेका प्रश्नहरूलाई गम्भीर रूपमा लिएको बताएका छन्। “पदभन्दा नैतिकता ठूलो हो,” उनले उल्लेख गरेका छन्।

आफूसँग जोडिएको विषयमा निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले पदमा रहँदा प्रभाव पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै राजीनामा दिएको उनले स्पष्ट पारेका छन्।

गुरुङको बहिर्गमनसँगै सरकारको स्थायित्व र आगामी राजनीतिक समीकरणबारे चासो बढेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट