१५ दिनभित्र निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने सरकारको तयारी

साउन १, काठमाडौं– सरकारले १५ दिनभित्र निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने भएको छ । निर्वाचन आयोगले प्रदेश र संघको निर्वाचनका लागि आवाश्यक कानुन छिटो निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइरहेका वेला सरकारले यस्तो तयारी थालेको हो । 

pm_office_singh_durbar_ABRX6afxCj

आईतबार प्रधानमन्त्रीको कार्यलय सिंहदरवारमा निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवसहित सवै आयुक्तहरुले प्रधानमन्त्री शेरबहादुर देउवा र तथा गृहमन्त्री जनार्दन शर्मालाई भेटेर ऐन कानुन निर्माणमा भएको ढिलाईले संघ र प्रदेशसभाको निर्वाचन प्रभावित हुन सक्ने भन्दै सरकारको ध्यानकर्षण गराएपछि प्रधानमन्त्री देउवाले साउन १५ भित्र निर्वाचन क्षेत्र निर्धारण आयोग गठन हुने बताएका हुन् ।
प्रधानमन्त्री र गृहमन्त्रीसँगको छलफलपछि प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले सरकारले प्रदेश र संघको चुनावका लागि आवाश्यक कनुन छिटै दिनेमा आयोग विस्वस्त भएको बताए । यादवले आवाश्यक कानुनका लागि संसदमा विधेयक टेवल भएको र फास्ट ट्रयाकबाट पारित गरेर भएपनि बाटो खोलिने आश्वसन पाएको पनि बताए ।  ‘प्रधानमन्त्री देउवाले निर्वाचनका लागि आवाश्यक तयारी गर्दैगर्नुस कानुन र भौतिक पुर्वाधारको चिन्ता गर्नुपर्दैन’ प्रधानमन्त्री देउवाको भनाई उधृत गर्दै प्रमुख आयुक्त यादवले संचारकर्मीलाई बताए ।

त्यस्तै संघ र प्रदेश निर्वाचनका लागि छुटेका मतदाताहरुलाई जिल्ला निर्वाचन कार्यलयमा नाम दर्ता गर्न आयोगले मिलाएको व्यवस्थाप्रति दलहरुले गरेको गुनासोका बारेमा समेत छलफल भएको थियो । गृहमन्त्री जनार्दन शर्माले छलफलमा आयोगका पदाधिकारीले क्षेत्र निर्धारण आयोग गठनमा भएको ढिलाईप्रति विशेष चासो राखेको भन्दै सरकारले साउन १५ भित्र उक्त आयोग गठन गर्ने तयारी गरेको जवाफ दिएको बताए । 

गृहमन्त्री शर्माले भने ‘निर्वाचन आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरुले निर्वाचन क्षेत्र निर्धारणबारे जिज्ञासा राख्नुभयो त्यसमा सरकारले गर्नुपर्ने काम समयमै गर्छ भनेर भनेर भनेको छ ।’ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ठूला सेयरधनीलाई कालोसूचीमा राख्ने प्रावधान संवैधानिक: सर्वोच्च

काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित